टेकबहादुर पुन/जिल्ला ब्युरो शनिबार, फाल्गुण २६, २०८०

दाङ । देउखुरीको अर्जुनखोला पुलमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर घाईते अटो रिक्सा चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालगञ्ज स्थित न्यूरो अस्पतालमा उपचार गराउने क्रममा लमही नगरपालिका–७ निवासी ३५ बर्षिय बिष्णुबहादुर थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

महेन्द्रनगरबाट काठमाण्डौं तर्फ जादै गरेको प्र.३–०१०२२ च १७५७ नम्बर को स्कारपियो र बिपरित दिशाबाट आउदै गरेको रा १ ह ६९१२ नम्बको अटोलाई ठक्कर दिएको थियो । लगत्तै अटोको पछाडी रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ नम्बरको स्कुटी समेत ठक्कर खाएर दुर्घटना भएको थियो । प्रहरीले चार वटै सवारी साधन र स्कारपियो चालक गोदावरी नगरपालिका–७ देविचौर ललितपुर निवासी ३१ बर्षिय दिनेशमान तामाङलाई नियन्त्रणमा लिएको थियो ।

दुर्घटनामा स्कुटी चालक लमही न.पा.७ हसनापुर बस्ने बर्ष २१ को बिश्व खड्काको नेपालगञ्जमा उपचार भइरहेको छ । उनको टाउँकोमा चोट छ । यस्तै मोटरसाइकल चालक राजपुर गाँउपालिका–३ निवासी २२ बर्षिय दिपक घर्ती, मोटरसाइकलमा सवार गढवा–६ निवासी १९ बर्षिय मनिष सार्की, अटोमा सवार सोही ठाउँ निवासी ५५ बर्षिय हरी पुन, भारत उत्तर प्रदेश बिहार जिल्ला खगरीया निवासी ४० बर्षिय पंकज सिह र भारत उत्तर प्रदेश रामपुर निवासी ५० बर्षिय कश्मिर सिंह घाईते भएका थिए । उनिहरुको स्थानीय अस्पतालमा उपचार गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]