
Sgr
cjs
Pes
Srbpu
Ses
Unsku
Gfs
Rgp
Djs
Rgp1
pku
Lnp
Ggp
Pbu

Wsp
nsb
Pvg
Ssm
Ggd
Rgu
Tsm
Sls
Sbs
Rgs
Bbbpu
Gst
Hal
Asm
Rgu
Bbu
Ksm
Rsb
Vor

Abd
Jmb
sab
Bml
Ptm
Syp
Gsb
Pls
Rmb
Jmb
bbt
Mks
Rpp
रुपन्देही । रुपन्देहीको देवदहमा दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता २०८० सुरु भएको छ।
देवदह कराँते डो एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, पाकिस्तान र बाङ्लादेशका कराते खेलाडीको सहभागिता रहेको छ।
कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले एतिहासिक,पर्यटकीय नगर देवदहलाई खेल र पर्यटनबाट समृद्धिको दिशामा लैजाने गरि नगरपालिकाले काम गरिरहेको बताए । खेललाई मनोरञ्जन र स्वास्थ्य सङ्गै व्यवसायीक ढंगले समेत खेलकुदका गतिविधिहरु संचालन गर्नुपर्नेमा नगर प्रमुख खरेलले जोड दिएक थिए ।
त्यस्तै उहाँले खेललाई व्यवसायीक बनाउन सकेमात्र आर्थिक बिकास गर्न सकिने बताए । उनले कराते खेल आत्मरक्षाका निम्ति पनि महत्त्वपूर्ण रहेको र यसले मानिसको साररिक रुपमा पनि अत्यन्तै प्रभावकारी भुमिका निर्वाह गर्ने बताए ।
सोही अवसरमा बोल्दै मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुब आचार्य, माओवादी केन्द्रका निर्मल जिसी,नेपाल वादरियो कराँते डो संघका केन्द्रिय अध्यक्ष,प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी लगायतले बोल्दै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
प्रतियोगितामा करिब ३०० जना खेलाडीहरु प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक मोहन जिसीले जानकारी दिए ।
नेपाल वादरियो कराँते डो संघका केन्द्रिय अध्यक्ष, प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीको अध्यक्षतामा भएको उद्घाटन औपचारिक कार्यक्रममा कराते प्रशिक्षक माधवप्रसाद घिमिरेको स्वागत र गणेश पौडेलले सञ्चालन गरेका थिए ।
