
Rgp
Lnp
Srbpu
Pbu
Sgr
Unsku
pku
Ggp
Rgp1

Hal
Sls
Gst
Ssm
Wsp
Rsb
Vor
Tsm
Rgs
Ksm
Rgu
Ggd
nsb
Sbs
Bbbpu
Bbu
Rgu
Pvg
Asm

Rpp
Gsb
Syp
Pls
Abd
Mks
Ptm
Bml
Jmb
sab
Rmb
bbt
Jmb
काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा,आराधना एवं दर्शन गरी मनाइँदै छ ।
महाशिवरात्रिमा भगवान शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी,कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ ।
यस्तै भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।
त्यस्तै आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष भव्य समारोह कार्यक्रमको आयोजना गरिएको छ ।
