
Rgp1
Lnp
Srbpu
Rgp
Pbu
Unsku
Ggp
pku
Sgr

Sbs
Ssm
Sls
Ksm
Vor
Rsb
Pvg
Asm
Bbbpu
Hal
Wsp
Tsm
Gst
Rgu
Bbu
nsb
Rgu
Rgs
Ggd

Pls
Jmb
Rpp
bbt
Abd
Gsb
Syp
Jmb
Mks
Bml
Rmb
sab
Ptm
दाङ । देउखुरीको लमही नगरपालिकाले हालसम्म २ सय १५ जनालाई गरिव परिवार परिचयपत्र वितरण गरेको छ ।
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गैवी निवारण मन्त्रालय मार्फत संचालित यो कार्यक्रमले गरिवीका रेखामुनि रहेका मानिसहरुको पहिचान गरि तीन प्रकारमा वर्गीकरण गरेको छ । अति गरिव, मध्यम गरिव र सामान्य गरिव भनेर राज्यले वर्गीकरण गरेको छ । यसरी वर्गीकरण गरेपनि वार्गीकरनामा परेका गरिवले के के सेवा सुविधा पाउने भन्ने बारे भने कुनै स्पटता छैन।
लमही नगरपालिकाले पनि मन्त्रालयको निर्देशन अनुशार सामाजिक सुरक्षा तथा पंजीकरण शाखाले वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मका गरिवीका रेखामुनि रहेका मानिसको पहिचान गर्दै तथ्यांक संकलन गरेको छ । अहिलेसम्म २ हजार २ सय ४८ जनाको विवरण संकलन भएको सामाजिक सुरक्षा तथा पंजीकरण शाखा प्रमुख कमल अर्यालले जानकारी दिनु भयो । गरिव परिवार परिचयपत्र कार्यक्रमका लागि पालिकाले गत आर्थिक वर्ष २०७९ देखि गरिवीको रेकामुनी रहेका मानिसको पहिचान गर्दै विवरण संकलन कार्य थालेको प्रमुख अर्यालको भनाई छ ।
शुरुको आर्थिक वर्ष २०७९ मा २ जनाले मात्र गरिव परिवार परिचयपत्र लिएको तथ्यांकले देखाउछ । दोस्रो पटक २०८० फाल्गुनमा जारि गरिएको सूचना अनुशार २ सय १३ जनालाई गरिव परिवार परिचयपत्र प्रदान गरेको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले बताउनु भयो । सरकारले कुनै न कुनै सेवा सुविधा प्रदान गर्नकै लागि गरिवको वर्गीकरण गरेको होला, हामीले पनि केन्द्रको निर्णय अनुशार विअवरन संकलन गर्दै परिचयपत्र वितरण गर्दै आएका छौं, उनीहरुले पाउने सेवा सुविधाको बारेमा पनि मन्त्रालयले केहि मापदण्ड तोक्ला’- नगर प्रमुख चौधरीले भन्नु भयो ।
त्यसैगरी लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले गरिव परिवार परिचयपत्र वितरण गरिएकालाई राज्यले केहि न केहि सुविधा उपलब्ध गराउने कुरामा विश्वास व्यक्त गर्नु भयो । आर्थिक र भौतिक रुपले समस्याग्रस्त भएका मानिसहरुले नै गरिव परिवार परिचयपत्र पाएका छन् भन्दै उपप्रमुख योगीले गरिवहरुको वर्गीकरण गरेर मात्र नहुने र उनीहरुलाई छिटो भन्दा छिटो सुविधा उपलब्ध गराउनु पर्ने बताउनु भयो ।
लमही नगरपालिका-१ मा १ जना, ३ मा ६ जना, ४ मा ७ जना, ५ मा १८ जना, ७ मा ७ जना, ८ मा १ सय १७ जना र ९ नम्बर वडामा ५९ जना गरि जम्मा २ सय १५ जनालाई गरिव परिवार परिचयपत्र वितरण गरिएको छ ।
