
Pbu
pku
Lnp
Unsku
Srbpu
Rgp1
Ggp
Sgr
Rgp

Ksm
Rsb
Rgu
Hal
Tsm
Pvg
nsb
Bbbpu
Bbu
Ssm
Gst
Vor
Wsp
Asm
Sbs
Ggd
Sls
Rgs
Rgu

Jmb
Ptm
Pls
Bml
Rpp
Abd
Mks
Syp
Gsb
Jmb
Rmb
bbt
sab
दाङ । विश्वको शिखर सगरमाथा चढेर विश्व कीर्तिमान कायम गर्ने रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढा मगरलाई दाङमा सोमबार भव्य नागरिक अभिनन्दन गरिएको छ ।
गोरखा ग्रुप दाङको विशेष आयोजनामा आज घोराही- तुलसीपुर चोकदेखि घोराही बजार परिक्रमा गरि बुढा मगरलाई भव्य स्वागत एवं अभिनन्दन गरिएको हो । उहाँलाई मगर,थारु समुदायले आ-आफ्नो वेषभूषा तथा बाजागाजा र झाँकीसहित दर्जनौं क्रियाशील संघ-संस्था,विभिन्न विद्यालयका विद्यार्थीहरुले स्वागत एवं सम्मान गरेका थिए ।
त्यस्तै बुढा मगरलाई अभिनन्दन तथा र्यालीसहित घोराहीको बजार परिक्रमा गराइसकेपछि उक्त भव्य नागरिक अभिनन्दन सहितको कार्यक्रम दाङको घोराही स्थित बहुउद्देश्यीय सभागृहमा गएर औपचारिक कार्यक्रममा परिणत गरिएको थियो ।
गोरखा ग्रुप दाङका अध्यक्ष मानबहादुर बुढा मगरको अध्यक्षता तथा प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष नारायण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नागरिक अगुवा र कार्यक्रमका प्रमुख अतिथि शर्माले बुढा मगरलाई सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।
त्यस्तै उक्त क्रममा सम्बोधन गर्दै बुढाले अपांगता भएकाहरु सक्षम हुन्छन् भन्ने देखाउनको लागि आफूले सगरमाथा चढेको बताउनु भयो । आफू अपांगता भएपनि देश र समाजको लागि केही गरेर देखाउने सपना रहेको बताउनु भयो । खुट्ट गुमाए पनि आफूले हौसला नगुमाएको बताउँदै बुढाले आफू भाग्यमानी भएर सगरमाथा आरोहण गर्न सफल भएको समेत बताउनु भयो ।
यस्तै बेलायती सेनामा जागिर खाने क्रममा ८ वर्षअघि अफगानिस्तान स्थित हेलमान प्रान्तको आक्रमणमा परी बुढाले दुवै खुट्टा गुमाउनु भएको थियो । उहाँ गत जेठ ५ गते ३ बजे १० मिनेट जाँदा विश्वको शिखर सगरमाथा चढेर विश्व किर्तिमान कायम गरेको बताउनु भयो । यसअघि २०१६ मा सूर्यकुण्ड हिमाल नेपाल,बेन नेभिस स्कटल्याण्ड, माउन्ट ब्ल्याडक फ्रान्स हुँदै नेपालको थोराङलापाससम्म पुगिसकेको उहाँले जानकारी दिनु भयो ।
त्यस्तै उक्त अभिनन्दन कार्यक्रमको संचालन नागरिक अभिनन्दन समितिका सदस्य सचिव बसन्त पुन मगरले गर्नु भएको थियो ।

