
Srbpu
Ggp
Unsku
Pbu
Rgp
Lnp
Rgp1
Sgr
pku

Asm
Wsp
Ksm
Vor
Hal
Sls
Rgu
Rsb
Pvg
Tsm
Ggd
Bbbpu
Sbs
Ssm
Gst
Rgu
Rgs
nsb
Bbu

Gsb
Bml
Jmb
Pls
Jmb
Mks
Rmb
sab
Rpp
Syp
Abd
Ptm
bbt
दाङ । देउखुरीको लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सीपले मानिसलाई जिविको पार्जनमा मद्धत गर्ने बताउनु भएको छ ।
लमही नगरपालिका- बनकट्टामा आयोजित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) द्वारा संचालित ४५ दिने होजियारी सम्बन्धि पूनर्ताजगी (स्तरउन्नति ) सीप विकास तालिम समापन कार्यक्रममा नगर उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो ।
नगरपालिकाले उद्यमी बन्न चाहाने महिला दिदिबहिनीहरुका लागि विभिन्न सीप मुलुक तालिम प्रदान गर्दै आएको बताउनु भयो । नगरपालिकाले तालिम दिएर व्यवसायीक बनेर आर्थिक रुपले सबल बनेका धेरै उदाहरण भएको बताउदै अब जुन बस्तुको बजारमा माग छ सो कुराको अध्ययन गरि ती बस्तु उत्पादनको तालिम गराइने नगर उपप्रमुख योगीले बताउनु भयो ।
महिनौ दिनसम्म लाग्ने काम मेसिनको सहायताले एक हप्तामै सकिने भएको भन्दै मेसिन थप गरिदिन नगरपालिकालाई सहभागीहरुले आग्रह गर्नु भएको छ । मेसेनरी प्रयोगले सीपलाई द्रुतगतिमा लैजान सहयोग भएकोले आगामी दिनका तालिममा मेसिनहरु थपी दिए तालिममा सहज हुने सहभागी धनमाया चौधरीले बताउनु भयो ।
तालिमको प्रशिक्षक सीता चौधरीले नगरपालिकाले तालिम प्रदान गरेर बेरोजगार भएका महिलाहरुलाई रोजगारमुखी बनाएकोले सिकेको सीपलाई व्यवसायमा जोड्न आग्रह गर्नु भयो । आफै सीपमा दक्षता भैइयो भने परनिर्भर हुन नपर्ने प्रशिक्षक चौधरीको बुझाई छ ।
त्यसैगरि लमही नगरपालिका -२ का वडा सदस्य काशी प्रसाद चौधरीले छोटो समयको तालिमले मात्र पूर्णता नपाउने भन्दै उत्पादित बस्तुलाई बजारीकरण गर्न स्थानीय सरकारले सहजीकरण गर्दिनु पर्ने बताउनु भयो । हातले उत्पादन गर्ने भन्दा मेसेनरी बस्तु प्रयोग गरेर छिटोछरितो बस्तु उत्पादन तर्फ सबैले चासो दिनु पर्ने वडा सदस्य चौधरीले भन्नू भयो ।
लमही नगरपालिका-२ का वडा सदस्य तथा नगर कार्यपालिका सदस्य सुनिता चौधरीले लक्षित बर्गलाई चाहे जतिको बजेट छुट्याउन नसकिएको भन्दै आगामी दिनमा तालिमका लागि ठूलो आकारको बजेट विनियोजन गर्नमा आफ्नो भूमिका रहने बताउनु भयो । सीप सिकेर प्रशिक्षक भएको हामी देख्न चाहान्छौ, सबै दिदिबहिनीले आफ्नो सीपलाई व्यवसायमा जोड्नु होला”- उहाँले भन्नू भयो ।
आर्थिक वर्ष २०७७/७८ देखि अहिलेसम्म २ सय ४६ जना महिला पुरुषलाई तालिम प्रदान गरि उद्यमी बनाई सकेको उद्यम विकास सहजकर्ता रिता पुनले जानकारी दिनु भयो । २०७७/७८ बाट मेड्पाले नगरपालिकाका सबै वडामा सीपमूलक तालिम प्रदान गर्दै आएको छ ।
लमही नगरपालिकाले स्विटर बुन्ने, कटाई सिलाई, पशु पालन, बुटिक, दुनाटपरी, च्याउ खेती, गार्मेन्ट, चप्पल उत्पादन, डल कुशन जस्ता तालिम प्रदान गर्दै आएको छ । लमही नगरपालिकाले संचालन गरेको तालिमबाट सीप सिकेर थुप्रै महिलाहरु आय आर्जमा जोडिनु भएको छ ।
समापन कार्यक्रममा सहभागी शान्ता भैया मगरले उपस्थित भएका सबैलाई स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता प्रमिला योगीले गर्नु भएको थियो । तालिममा वडा नम्बर २ का बीस जना महिलाहरुको सहभागिता रहेको थियो ।
