
Srbpu
Sgr
Pbu
Rgp
Ggp
Rgp1
Unsku
pku
Lnp

Bbbpu
Vor
Rgu
Rgu
Sls
Bbu
Ggd
Rgs
Ssm
Rsb
Hal
Tsm
Asm
nsb
Ksm
Pvg
Sbs
Gst
Wsp

Jmb
Rpp
Rmb
Jmb
Abd
Mks
Bml
Syp
Pls
Gsb
bbt
Ptm
sab
दाङ । तुलसीपुर-घोराही सडकखण्डमा आजदेखि टाइम कार्ड लागू भएको छ । तुलसीपुर-घोराही सडकखण्डमा चल्ने सवारी साधनलाई ७० मिनेटको ‘टाइम कार्ड’ लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले जानकारी दिनु भयो ।
त्यस्तै प्रमुख मल्लका अनुसार तुलसीपुर– नारायणपुरसम्म ४० मिनेट र नारायणपुर– घोराहीसम्म ३० मिनेटको समय तोकेर ७० मिनेटको ‘टाइम कार्ड’ लागु गरिने भएको हो ।
जिल्लाको भालुबाङसम्म ‘टाइम कार्ड’ लागु गरिने भएपनि पहिलो चरणमा तुलसीपुर र घोराहीमा मात्र लागू गरिने भएको छ । ‘टाइम कार्ड` सार्वजनिक बस, टिप्पर र ट्रकमा लागू गरिने छ । दाङमा बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरणका लागि ‘टाइम कार्ड’ लागू गर्न थालिएको ट्राफिक प्रमुख मल्लले बताउनु भयो ।
त्यस्तै ‘टाइम कार्ड’ हराएमा ५० रुपैयाँ र ‘टाइम कार्ड’ नियमको उलङ्घन गरेमा ५ सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गरिने भएको छ । सवारी साधन छुट्ने समयमा ट्राफिक प्रहरीले सवारी चालकलाई ‘टाइम कार्ड’ दिने छ ।
