
Gfs
cjs
Srbpu
Sgr
Unsku
Lnp
Ggp
Pes
Pbu
Rgp1
pku
Rgp
Djs
Ses

Pvg
Bbbpu
Vor
Rgu
Rgu
Gst
Tsm
Ggd
nsb
Bbu
Sbs
Wsp
Hal
Ksm
Rgs
Rsb
Asm
Sls
Ssm

sab
Jmb
Jmb
Pls
Gsb
Syp
Bml
Rpp
bbt
Abd
Rmb
Ptm
Mks
दाङ । देउखुरीको गढवामा रहेको आयाम बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नाे ९ औं बार्षिकाेत्सव भब्यताकाे साथ विभिन्न कार्यक्रमहरू गरि मनाएकाे छ ।
मिति २०७२ फाल्गुन १३ गते स्थापना भएकाे संस्थाले हरेक बार्षिकाेत्सवमा समुदाय स्तरिय कार्यक्रमहरू गरि मनाउदै आएकाे छ । यस अघि रक्तदान,प्रतियोगितात्मक ब्याडमिन्टन प्रतियाेगिता, उच्च राशिकाे जिल्ला ब्यापि फुटबल प्रतियाेगिता, गरिब तथा जेहेन्दा बिद्यार्थीलाई सामाग्रि हस्तान्तरण गर्दै आएकाे सहकारीले यश बर्ष ५ टिम बिच मैत्रीपूर्ण फुटबल प्रतियाेगिता आयाेजना गरेकाे हाे ।
त्यस्तै मैत्रीपूर्ण खेलमा आयाेजक, गढवा गाउँपालिका कर्मचारी समूह, गढवा उद्याेग बाणिज्य संघ, हाेटल ब्यबसायि संघ गढवा र अटाे ब्यबसायि काे सहभागिता रहेकाे थियाे । बहुउद्देश्यीय सहकारीहरू बचत तथा ऋणमा मात्र सिमित हुन नहुने बताउदै संस्थाका अध्यक्ष ओम प्रकाश बसेलले सहकारी नाफा भन्दा सामुदायिक हुँदै सेवा मुखि हुनु पर्नेमा जाेड दिनुभयाे ।
स्थापना काल देखि नै समुदाय स्तरमा परिचित संस्था समुदायमै केन्द्रित हुने बिश्वास दिलाउदै अध्यक्ष बसेलले नाफा भन्दा समुदायिक सेवामा समर्पित हुने बिचार ब्यक्त गर्नुभयाे । कार्यक्रमकाे बारेमा जानकारी दिदै संस्थाका सचिब श्याम बहादुर चाैधरीले देउखुरी क्षेत्रमा बिश्वसनि तथा सदस्यमुखि सदस्य बनाउने अभियान सहित लागि परेकाे जानकारी दिनु भयाे ।
मैत्रीपूर्ण कार्यक्रममा गढवा हाेटल ब्यबसायि संघ २ का बिरूद्व ५ गाेलले बिजय भएकाे छ ।
बिजेता तथा उपविजेता समुहलाई कप प्रदान गरिएकाे थियाे । स्वस्थ जिवनका लागि मैत्रीपूर्ण खेल आवश्यक रहेकाे गढवा गाउँपालिका खेलकुद शाखा प्रमुख श्याम बि क ले बताउनु भयाे । यस्ता कार्यक्रम निरन्तर रूपमा हुनुपर्नेमा जाेड दिनु भयाे । साथै समापन कार्यक्रममा ९ औ बार्षिकाेत्सव लेखिएकाे केक समेत काटिएकाे थियाे ।
समापन कार्यक्रममा गढवा उद्याेग बाणिज्य संघका उपाध्यक्ष चिन्ता प्रसाद पाेख्रेल, गढवा हाेटल ब्यबसायी संघका अध्यक्ष राम बहादुर थापा, संस्थाका लेखा सुपरिवेक्षण समिति संयाेजक ईश्वर चाैधरी लगायतले बाेल्नु भएकाे थियाे । संस्थाका अध्यक्ष ओम प्रकाश बसेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सहजिकरण सचिब श्याम बहादुर चाैधरीले गर्नुभएकाे थियाे । कार्यक्रममा धन्यबाद ज्ञापन संस्थाका उपाध्यक्ष पुष्पराज घिमिरेले गर्नु भएकाे थियाे ।

