Sidha Patra सोमबार, फाल्गुण १४, २०८०

दाङ । देउखुरीको गढवामा रहेको आयाम बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नाे ९ औं बार्षिकाेत्सव भब्यताकाे साथ विभिन्न कार्यक्रमहरू गरि मनाएकाे छ ।

मिति २०७२ फाल्गुन १३ गते स्थापना भएकाे संस्थाले हरेक बार्षिकाेत्सवमा समुदाय स्तरिय कार्यक्रमहरू गरि मनाउदै आएकाे छ । यस अघि रक्तदान,प्रतियोगितात्मक ब्याडमिन्टन प्रतियाेगिता, उच्च राशिकाे जिल्ला ब्यापि फुटबल प्रतियाेगिता, गरिब तथा जेहेन्दा बिद्यार्थीलाई सामाग्रि हस्तान्तरण गर्दै आएकाे सहकारीले यश बर्ष ५ टिम बिच मैत्रीपूर्ण फुटबल प्रतियाेगिता आयाेजना गरेकाे हाे ।

त्यस्तै मैत्रीपूर्ण खेलमा आयाेजक, गढवा गाउँपालिका कर्मचारी समूह, गढवा उद्याेग बाणिज्य संघ, हाेटल ब्यबसायि संघ गढवा र अटाे ब्यबसायि काे सहभागिता रहेकाे थियाे । बहुउद्देश्यीय सहकारीहरू बचत तथा ऋणमा मात्र सिमित हुन नहुने बताउदै संस्थाका अध्यक्ष ओम प्रकाश बसेलले सहकारी नाफा भन्दा सामुदायिक हुँदै सेवा मुखि हुनु पर्नेमा जाेड दिनुभयाे ।

स्थापना काल देखि नै समुदाय स्तरमा परिचित संस्था समुदायमै केन्द्रित हुने बिश्वास दिलाउदै अध्यक्ष बसेलले नाफा भन्दा समुदायिक सेवामा समर्पित हुने बिचार ब्यक्त गर्नुभयाे । कार्यक्रमकाे बारेमा जानकारी दिदै संस्थाका सचिब श्याम बहादुर चाैधरीले देउखुरी क्षेत्रमा बिश्वसनि तथा सदस्यमुखि सदस्य बनाउने अभियान सहित लागि परेकाे जानकारी दिनु भयाे ।
मैत्रीपूर्ण कार्यक्रममा गढवा हाेटल ब्यबसायि संघ २ का बिरूद्व ५ गाेलले बिजय भएकाे छ ।

बिजेता तथा उपविजेता समुहलाई कप प्रदान गरिएकाे थियाे । स्वस्थ जिवनका लागि मैत्रीपूर्ण खेल आवश्यक रहेकाे गढवा गाउँपालिका खेलकुद शाखा प्रमुख श्याम बि क ले बताउनु भयाे । यस्ता कार्यक्रम निरन्तर रूपमा हुनुपर्नेमा जाेड दिनु भयाे । साथै समापन कार्यक्रममा ९ औ बार्षिकाेत्सव लेखिएकाे केक समेत काटिएकाे थियाे ।

समापन कार्यक्रममा गढवा उद्याेग बाणिज्य संघका उपाध्यक्ष चिन्ता प्रसाद पाेख्रेल, गढवा हाेटल ब्यबसायी संघका अध्यक्ष राम बहादुर थापा, संस्थाका लेखा सुपरिवेक्षण समिति संयाेजक ईश्वर चाैधरी लगायतले बाेल्नु भएकाे थियाे । संस्थाका अध्यक्ष ओम प्रकाश बसेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सहजिकरण सचिब श्याम बहादुर चाैधरीले गर्नुभएकाे थियाे । कार्यक्रममा धन्यबाद ज्ञापन संस्थाका उपाध्यक्ष पुष्पराज घिमिरेले गर्नु भएकाे थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]