
Asb
Rgp
Lks
Dus
Rgp
Ggp
Sgp
Ggp
lnp
Rgp
Usb
Rgp
ksb
Lnp
Jns

lms

दाङ । दाङकाे देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाकाे मृत्यु भएकाे छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही भालुवाङ सडक खण्डकाे लमही नगरपालिका वडा नम्बर १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाकाे पहिचान भने हुन सकेकाे छैन् ।
बिहान ६ बजेतिर विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी ती महिलालाई लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमित खड्काकाले ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले लमही नगरपालिका ९ रिहारबाट नियन्त्रणमा लिएको जानकारी दिएका छन्। मृतक महिलाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
