ओमप्रकाश गुप्ता आइतबार, पुष १५, २०८०

दाङ । नेसनल प्याब्सन लुम्बिनी प्रदेश समितिको आयोजनामा शनिबार लमहीमा लुम्बिनी प्रदेश स्तरीय वक्तृत्वकला र गायन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

जस अनुसार १३ वटा स्कुलले भाग लिएको वक्तृत्वकला प्रतियोगितामा सन्धिखर्क इङलिस बोडिङ स्कुल अर्घाखाँचीका दिक्षान्त चुदाली प्रथम, नमुना विद्यासदन कोहलपुर बाँकेकी सोमना देवकोटा द्धितीय र गण्डकी इङलिस बोडिङ स्कुल गुल्मीकी प्रतिभा भण्डारीले तृतीय स्थान प्राप्त गरेका छन् ।

त्यसैगरि गायन प्रतियोगितामा स्कलर्स होम इङलिस बोडिङ स्कुल रुपन्देहीका रेनुका सुनार प्रथम,राप्ती बाल एकेडेमी तुलसीपुर दाङकी सदिक्षा पोख्रेल द्धितीय र कोहलपुर बागेश्वरी माबि कोहलपुर बाँकेका ग्रेस पहाडी तृतीय स्थान प्राप्त गरेका छन् । विजेताहरुलाई नगद, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

नेसनल प्याप्सन लुम्बिनी प्रदेश समितिका अध्यक्ष कुवेर बस्नेतको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री धर्मबहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले शिक्षा क्षेत्रको नतिजामा निजी क्षेत्रको विद्यालयहरुको भुमिका महत्वपुर्ण रहेको बताएका छन् ।

जुन उद्देश्यले निजी विद्यालय स्थापना भएका छन् । त्यहि उद्देश्य अनुसार राम्रो काम भएको बताएका छन् । नेसनल प्याप्सन लुम्बिनी प्रदेश समितिका सहसचिव जितबहादुर क्षेत्रीको स्वागत मन्तव्य तथा देउखुरी पब्लिक स्कुल लमहीका बहिनीहरुको स्वागत नृत्यबाट सुरु भएको कार्यक्रममा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगी, नेसनल प्याप्सनका केन्द्रिय सदस्य प्रकाश कुमार शर्मा, नेसनल प्याप्सन दाङ जिल्ला अध्यक्ष भोजराज न्यौपाने लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रमको सञ्चालन नेशनल प्याप्सन लुम्बिनी प्रदेश समितिका सचिव टोपेन्द्र खनालले गरेका थिए भने फेमिली प्याराडाईज इङलिस बोडिङ स्कुल राजपुर– २ मटेरियाका छात्राहरुले नृत्य प्रस्तुत गरि कार्यक्रमलाई थप उर्जावान बनाएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]