
Pbu
Sgr
Srbpu
Lnp
Unsku
pku
Rgp1
Rgp
Ggp

Ggd
Sbs
Vor
Asm
Bbu
Pvg
nsb
Rgu
Ssm
Bbbpu
Gst
Rgu
Wsp
Sls
Rgs
Hal
Tsm
Ksm
Rsb

Ptm
Rmb
Pls
sab
Bml
Mks
Jmb
Syp
Gsb
Abd
bbt
Rpp
Jmb
धनगढी । कञ्चनपुरका तीन हजार ६ सय ७१ सहकारी बचतकर्ताको झण्डै ३२ करोड रुपैयाँ ठगी भएको छ ।
शिव शिखर सहकारी संस्थाले बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार ९५५ रुपैयाँ ठगी गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी नै दिएका थिए । ठगीको आरोपमा प्रहरीले शिव शिखर बहुउद्देश्यी सहकारीका चार सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो।
भक्तपुरमा केन्द्रीय कार्यालय भई विभिन्न जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको ठगी प्रकरणमा पक्राउ परेका सञ्चालकमाथि अनुसन्धान सकाएर कञ्चनपुरले पक्राउ परेका ती सञ्चालकहरुलाई कैलाली प्रहरीको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले पक्राउ परेका सञ्चालकहरू गीता शर्मा, केदार शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारीमाथि अनुसन्धान गरेर कैलाली प्रहरीको जिम्मा लगाएको बताए।
त्यस्तै प्रवक्ता डाँगीका अनुसार कञ्चनपुरस्थित सहकारीको शाखा कार्यालय महेन्द्रनगर, त्रिभुवन बस्ती,बेलौरीका बचतकर्ताबाट आएको उजुरीमाथि अनुसन्धानका लागि उनीहरूलाई जिल्ला झिकाइएको थियो । उनीहरु विरुद्ध कैलालीका बचतकर्ताले पनि ठगी सम्वन्धि उजुरी दिएपछि नियन्त्रणमा लिएका चारै जनामाथि अनुसन्धान गरेर कैलाली प्रहरीको जिम्मा लगाएको उनले बताए।
यस्तै यता कैलाली प्रहरीले पनि उनीहरुमाथि अनुसन्धान पुरा गरेर फाइल अगाडी बढाएको प्रवक्ता कुलदिप चन्दले बताए । अहिले उनीहरु जिल्ला कारागार कैलालीमा छन् । पक्राउ परेका सञ्चालक विरुद्ध अन्य क्षेत्रमा पनि उजुरी परेकाले कैलाली कारागारबाट अन्य क्षेत्रमा पठाउने तयारी भइरहेको जिल्ला कारागार कैलालीका जेलर पदम तिमिल्सिनाले बताए ।
त्यस्तै आरोपितलाई यसअघि नै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरिसकेको थियो । ती सञ्चालकविरुद्ध जिल्लामा समेत उजुरी परेकाले उनीहरूलाई झिकाएर कैलाली र कञ्चनपुर प्रहरीले अनुसन्धान गरेका थिए । कञ्चनपुर र कैलालीमा उक्त सहकारीले करोडौँ रकम हिनामिना गरेको उजुरी परेको छ। सहकारीको ठगी प्रकरण सार्वजनिक भएयता उक्त सहकारीका सबै शाखा कार्यालय बन्द रहेका छन् । दिनेशखबर
