
pku
Rgp1
Lnp
Ggp
Unsku
Srbpu
Rgp
Sgr
Pbu

Bbbpu
Vor
Tsm
Ssm
Ggd
Rgs
Sls
Bbu
Gst
Pvg
Rsb
Sbs
Ksm
nsb
Asm
Rgu
Wsp
Rgu
Hal

bbt
Bml
Mks
Ptm
Rmb
Syp
Gsb
Jmb
Jmb
sab
Rpp
Abd
Pls
दाङ । देउखुरीको राप्ती पारीको केन्द्र गढवा बजारलाई शुन्दर र ब्यवस्थित शहर बनाउन शनिवार गढवा उद्योग बाणिज्यसंघको आयोजनामा स्थानीय सरकार,संघ-संस्था,स्थानीय ब्यवसायी र बिभिन्न सरोकारवाला निकायहरुसंग बृहत्त छलफल गरिएको छ ।
संघका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता र गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । अन्तरक्रियामा झोले–पोके र कुम्ले ब्यवसाय र घुम्तिमीललाई ब्वस्थापन तथा नियमन गर्ने, गढवा बजार क्षेत्रका चारवटै प्रबेशद्धार हुँदै मुख्य स्थानहरुमा सिसी क्यामरा जडान गर्ने, स्थानीय सरकार मार्फत बजार क्षेत्रमा रोडबत्ती ब्यवस्थापन र महसुल भुक्तानीको दिर्घकालीन ब्यवस्थापन स्थानीय सरकारबाट गर्ने,ब्यवसायीहरुको दर्ता नविकरण तथा अनुगमन र नियमन कार्यलाई स्थानीय सरकारसंग समन्वय गरेर संयुक्त रुपमा सबै वडाहरुमा अभियान संचालन गर्ने,गढवा बजारको शौन्दर्यकरण र सरसफाई अभियानलाई ब्यवस्था गर्ने,बसपार्कको अस्थायी र स्थायी समाधान गर्ने तथा बस स्टप प्वाईण्ट बनाएर यातायातको गढवादेखि रुट संचालन गर्ने बिषयमा स्थानीय सरकारसंग गहिरो छलफल भएको संघका अध्यक्ष ओम बसेलले जानकारी दिनुभयो ।
यसैगरी गढवा बजारको मुख्य चौराहालाई फराकिलो बनाउने,बैंक तथा बिक्तीय संस्थाहरुले पार्किङको ब्यवस्थापन गर्नुपर्ने,अटो पार्किङ ब्यवस्थापन र भाडादरमा नियमन गर्नुपर्ने,गढवा बजार क्षेत्रका सटर तथा घरहरुको भाडादर समायोजन गर्ने, फुटपाथ ब्यवसाय नियन्त्रण र ब्यवस्थापन गर्ने, स्थानीय किसानले उत्पादन गरेका तरकारी बिक्रीगर्ने निश्चित स्थान र समय निर्धारण गर्ने, नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकका शाखा कार्यालयहरु गढवा बजारमा स्थापना गर्ने,नेपाल बिद्युत्त प्राधिकरणको महसुल बुझाउने काउण्टरको तत्काल माग गर्ने तथा कृषि र पशु हाटबजार स्थापना र संचालनकालागि बिशेष योजना निर्माण गर्ने बिषयमा स्थानीय सरकार र सरोकारवाला बिच बृहत्त संबाद भएको छ ।
त्यस्तै छलफलपछि कतिपय बिषयहरु तत्काल कार्यान्वयन गर्ने र कतिपय बिषयहरु योजना बनाउदै कार्यान्वयन तर्फ लैजाने बिषयमा गढवा गाउँपालिका र वडा नम्बर ६ का अध्यक्षहरुले प्रतिवद्धता जाहेर गर्नुभएको छ । कार्यक्रममा स्थानीय ब्यवसायीहरुले गढवा उद्योग बाणिज्य संघ र स्थानीय सरकारसंग उपरोक्त बिषयहरु तत्काल कार्यान्वयन गर्न गराउन आग्रह गरेका छन् । म्याद नाघेका सामाग्रीहरु र मेडिकलका औषधीहरु समेत गढवामा अक्सर बिक्री गर्ने गरिएको भन्दै कार्यत्रधmमका केहि सहभागीहरुले तत्काल नियमन र अनुगमनलाई मासिक रुपमा प्रभावकारीता दिन स्थानीय सरकार र गढवा गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।
यस्तै कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले उद्योग बाणिज्य संघले उठान गरेका एजेण्डाहरु कार्यान्वयन गर्न स्थानीय सरकार सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताउनु भएको छ । वडा नं. ६ का वडा अध्यक्ष बिरबहादुर आलेले गढवा बजारलाई शौन्दर्यकरण गर्न र पुर्ण सरसफाई युक्त बनाउन आफूले धेरै योजनाहरु बनाएको र कार्यान्वयनको पक्षलाई पनि प्रभाबकारीता दिने बताउनु भएको छ ।
कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युबराज पोख्रेल,निवर्तमान अध्यक्ष खिमबहादुर बुढा मगर,सल्लाहकार रामप्रसाद गैरे, लायन्स क्लब अफ गढवाका अध्यक्ष उमाकान्त पन्त, नेपाल रेडक्रस उपशाखा गढवाका सभापति दयाराम यादव,देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक,दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर,वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष पुष्पा यादव,वडा सदस्य दिनमणि आचार्य,स्थानीय ब्यवसायीहरु होमराज रिजाल,बिक्रम भण्डारी, लिलाधर आचार्य,मक्बुल अलिमीय लगायतले गढवालाई राम्रो बनाउने बिषयमा महत्वपुर्ण सुझाव राख्नुभएको थियो । संघका बरिष्ठ उपाध्यक्ष मधा न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन पत्रकार दुखहरण यादवले गर्नु भएको थियो ।

