
Lnp
Sgr
Unsku
Ggp
Pbu
Srbpu
pku
Rgp
Rgp1

Pvg
Bbbpu
Gst
Bbu
Vor
Sbs
Rgs
Asm
Tsm
Wsp
Ksm
Ggd
Ssm
Sls
Rgu
nsb
Rgu
Hal
Rsb

sab
Gsb
Jmb
Jmb
Bml
Rpp
Pls
Abd
Mks
Ptm
Syp
Rmb
bbt
काठमाडौँ । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ ।
बालकुमारी घटनामा सुरक्षा चुकका कारण दुई जनाको ज्यान गएपछि शनिवार उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरीय निर्णयबाट ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानिएको छ। यस्तै,ललितपुरका प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको गृह मन्त्रालयले जनाएको छ।
त्यस्तै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको हो ।मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उक्त घटनाका सन्दर्भमा छानबिन समितिले काम गरिरहेको भन्दै मन्त्रालयले प्रतिवेदन प्राप्त भएपछि त्यसै बमोजिम कार्यान्वयन गरिने जनाइएको छ।
यस्ता छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमान्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण भट्टराईले बताए। कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदी पनि निलम्बनमा परेका छन् ।
त्यस्तै शुक्रबार कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा सुरक्षा दिने क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो ।
