
Unsku
Pbu
pku
Sgr
Rgp1
Lnp
Ggp
Srbpu
Rgp

Ssm
Pvg
Bbbpu
Asm
Ggd
nsb
Rsb
Tsm
Vor
Rgu
Sbs
Gst
Wsp
Hal
Bbu
Sls
Rgs
Rgu
Ksm

Gsb
Pls
Syp
Mks
Abd
Jmb
Jmb
sab
Rpp
Bml
bbt
Rmb
Ptm
दाङ । हरेक नागरिकले श्रम गर्नुपर्छ श्रम बिना नै पैसा खोज्नु भ्रष्टाचार हो । आर्थिक उत्पादन र श्रम बिना समाज रुपान्तरण नहुने लुम्बिनी प्रदेश सरकारका पुर्व स्वास्थ्यमन्त्री तथा सांसद इन्द्रजित थारुले भन्नुभयो ।
गढवा र राजपुर गाउँपालिका कार्यक्षेत्र रहेको दक्षिण देउखुरी अधिकार मञ्चले शुक्रवार बृहत समारोह बिच गढवामा आयोजना गरेको सामाजिक परिक्षण तथा साधारणसभालाई संबोधन गर्दै सांसद थारुले यस्तो बताउनु भएको हो ।
श्रम नगरेरै पैसा कमाउने संसकार भ्रष्टाचार हो यो नेपाली समाजमा ब्याप्त हुन थालेकोमा चिन्ता प्रकट गर्दै श्रम गरेर पैसा कमाउन सिक्नुपर्ने सांसद थारुले बताउनुभयो । श्रम र उत्पादनलाई दक्षिण देउखुरी अधिकार मञ्चले बलियो संग समातेको भन्दै यो क्षेत्र बिगतमा हरेक दृष्टिले पछाडी परेको भूगोल भएपनि वर्तमान अवस्थामा राज्यको नजरमा पर्न थालेको र बिस्तारै बिकास र समृद्धि अघि बढ्दै गरेको उहाँले बताउनुभयो ।
दक्षिण देउखुरी अधिकार मञ्चले गढवा र राजपुरमा सयौं कृषक समूहहरु बनाएर महिलाहरुलाई उद्यम र रोजगारसंग जोड्दै उत्पादनमुखि कामहरु गरेकोमा उहाँले प्रशंसा गर्नुभयो । दक्षिण देउखुरी अधिकार मञ्चका कामले प्रदेश सरकारलाई पनि सिकाई भएको उहाँको भनाई थियो ।
कार्यक्रममा युगबोध राष्ट्रिय दैनिकको तर्फबाट दक्षिण देउखुरी अधिकार मञ्चले हालसम्म गरेका संस्थागत उपलब्धि, कृषक समूहका महिलाहरुले गरेका रोजगार मूलक कामहरु तथा पेशा ब्यवसाय, संस्थागत संरचना को पृष्ठभूमी र संस्थाले बिभिन्न दातृ निकायहरुबाट बजेट ल्याई उत्पादनमूलक काममा गरेको लगानी बिश्लेषणको स्थलगत रिपोर्ट र आर्थिक अबस्थाका बारेमा सामाजिक परिक्षणको बिस्तृत प्रतिबेदन प्रतिनीधी शिबराज पन्थीले सभामा पेश गर्नु भएको थियो ।
सो अबसरमा दक्षिण देउखुरी अधिकार मञ्चले बिभिन्न कृषक समूहका २४ जना महिलाहरुलाई जनही ५ हजारका दरले १ लाख २० हजार अनुदान बितरण गरेको थियो । उक्त संस्थाले एक बर्षको अबधिमा संस्थागत तर्फ १३ लाख ४१ हजार र कार्यक्रमगत तर्फ ३९ लाख ५६ हजारको लगानी उत्पादनमुखी कार्यहरुमा गरेको सामाजिक परिक्षणको रिपोर्टले बताएको छ ।
त्यस्तै गढवा र राजुरमा संस्थाद्धारा कृयाशिल ४८ कृषक समूहहरुले स्वतःस्फूर्त ढंगले २ करोड ४३ लाख ७८ हजार ६ सय ३७ रुपियाँ बचत संकलन गरी सस्तो ब्याजदरमा उत्पादनमूलक कार्यहरुमा घुम्तिकोष लगानी गर्ने गरेको सामाजिक परिक्षणको रिपोर्टमा बताईएको छ ।
कार्यक्रममा संस्थालाई बिभिन्न कोषबाट योगदान दिएको भन्दै राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादव,गढवा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तुल्सीराम अधिकारी र युगबोधकर्मि शिबराज पन्थीलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो । युगबोध दैनीकले दक्षिण देउखुरीका पिछडीएका बस्तिहरुका समाचार प्रकाशन गरी संस्थालाई पटक पटक सहयोग गरेको भन्दै कार्यक्रममा प्रकाशक सम्पादकलाई समेत धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कृषक समूहहरु राजपुरको लावाजुनी कृषक समूह र गढवा ३ गोबरडिहाको ज्योति कृषक समूहका अध्यक्ष शिबकुमार चौधरीलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रममा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपती यादव, गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, फियान नेपाल लुम्बिनी प्रदेशका संयोजक तथा मानव अधिकारकर्मी शुरेस गौतम, खाद्य अधिकार सञ्जाल दाङका अध्यक्ष तथा अधिकारकर्मी साजिदा सिद्दीकी, गैह्रसरकारी संस्था महासंघ दाङका उमाकान्त पन्त, सहकर्मि समाजका कार्यक्रम अधिकृत पुनाराम पन्थी, गढवा ५ का वडा अध्यक्ष लेखबहादुर थापा, गढवा ३ का वडा अध्यक्ष तुल्सीराम अधिकारी, गढवाका गाउँपालिकाका पुर्व अध्यक्ष सहजराम यादव, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक, गढवा होटल ब्यवसायी संघका अध्यक्ष दयाराम थापा लगायतले दक्षिण देउखुरी अधिकार मञ्चले गढवा र राजपुरको भूगोलमा गरेका उत्पादनमुखि कार्यहरुको चर्चा गर्नुभएको थियो ।
दक्षिण देउखुरी अधिकार मञ्च समूदायमा आधारीत कार्यसंजाल संस्था भएकोले गढवा र राजपुर गाउँपालिकाका १५ वडाहरुमा बिपन्न र सिमान्तकृत बर्गका नागरिकहरुलाई संगठित गरेर उनिहरुलाई जिवीकोपार्जन सुधारका कार्यक्रमहरुमा पे्ररीत गर्दै समग्र दक्षिण देउखुरीको बिकास र समृद्धिमा स्थानीय सरकारसंग समन्वय सहकार्य गर्दै आएको र समय समयमा राज्यका निकायहरुलाई खर्बदारी र ध्यानाकर्षण समेत गराउदै आएको संस्थाका अध्यक्ष देबराज कुँवरले बताउनुभयो । दुई गाउँपालिकामा ५ वटा मूल समितिहरु र ४८ समूहहरु रहेको र कूल १ हजार २ सयको हाराहारीमा समूह सदस्यहरु रहेको उहाँले युगबोधसंग बताउनुभयो ।
त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष चित्रबहादुर खड्काले संस्थागत प्रतिवेदन पेश गर्नुभएको थियो । समाज कल्याण मूल समिति राजपुरका अध्यक्ष कर्णसिंह भण्डारीको स्वागत मन्तबयबाट आरम्भ भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव शोभा रावतले गर्नुभएको थियो ।

