
pku
Ggp
Rgp
Unsku
Srbpu
Sgr
Lnp
Rgp1
Pbu

nsb
Rgs
Wsp
Bbbpu
Bbu
Sls
Ssm
Vor
Rgu
Sbs
Asm
Ggd
Gst
Ksm
Rgu
Rsb
Hal
Pvg
Tsm

Syp
Abd
Bml
Jmb
Mks
Rmb
sab
Ptm
Pls
Rpp
bbt
Jmb
Gsb
दाङ । देउखुरीको राप्ती नदीमा व्यवसायिक र्याफ्टिङ को परिक्षण सफल भएको छ । गढवा गाउँपालिकाको अगुवाईमा राप्ती गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको समन्वयमा व्यवसायिक र्याफ्टिङ सञ्चालनका लागि शुक्रबार राप्ती नदीमा र्यापटिङ्गको सम्भाव्यता अध्ययनका लागि परिक्षण सफल भएको हो ।
पहिलो दिन राप्ती गाउँपालिका वाड नम्बर १ को हनुमानगढी मन्दिरदेखि राप्ती गाउँपालिका वाड नम्बर ३ को बसन्तपुर तथा गढवा गाउँपालिका वाड नम्बर १ को जेठानगाउँ अर्थात बसन्तपुर—जेठानगाउँ घाटसम्म करिब १५ किलोमिटर राप्ती नदीमा र्याफ्टिङको परिक्षण गरिएको थियो । कर्णाली र्याफ्टिङ इडभाइजर प्रालिले राप्ती नदीमा दुई वटा बोट चलाएर परिक्षण गरेको थियो ।
लुम्बिनी प्रदेशको राजधानीस्थल समेत रहेको राप्ती उपत्यकालाई पर्यापर्यटनसंग जोडेर विकास गर्नका लागि व्यवसायिक र्याफ्टिङ सञ्चालनको सम्भाव्यता अध्ययनका लागि राप्ती नदीमा र्याफ्टिङको परिक्षण गरिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल विश्वासले जानकारी दिनुभयो । उहाँले नदी सभ्यतामा आधारित लुम्बिनी प्रदेशको राजधानी निर्माणको परिकल्पना अनुसार आफुहरुले राप्ती नदीमा व्यवसायिक र्याफ्टिङको सम्भाव्यता खोजेको बताउनु भयो ।
त्यस्तै पर्यापर्यटनको विकास नै भोली सुन्दर राजधानीको आधार रहेको बताउँदै अध्यक्ष शर्माले राप्ती नदीमा व्यवसायिक र्याफ्टिङको परिक्षण सफल भएमा केही दिनमै राप्ती गाउँपालिका र लुम्बिनी प्रदेश सरकारसंग समन्वय गरेर दैनिक रुपमा व्यवसायिक र्याफ्टिङ सञ्चालन गर्ने बताउनुभयो ।
यता कर्णाली र्याफ्टिङ इडभाइजर प्रालिका म्यानेजिङ डारेक्टर देबराज जोशीले राप्ती नदीमा व्यवसायिक र्याफ्टिङ सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले र्याफ्टिङ सञ्चालनका लागि चाहिने पानीको मात्र र नदीको बाहब एकदमै उपयुक्त रहेकोले व्यवसायिक र्याफ्टिङ सञ्चालन गर्न कुनै समस्या नरहेको बताउनुभयो । उहाँले देउखुरी क्षेत्र राजधानी समेत भएकोले व्यवसायिक रुपमा र्याफ्टिङ सञ्चालन गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
त्यस्तै राप्ती गाउँपालिकाका प्रबक्ता तथा वाड नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी (अनुप) ले राप्ती नदीमा व्यवसायिक रुपमा नै र्याफ्टिङ सञ्चालन गर्न सके देउखुरीको विकासमा थप टेवा पुग्ने बताउनु भयो । यस्तै राप्ती गाउँपालिका—३, नम्बर वडा अध्यक्ष उमेश अधिकारीले राप्ती नदीमा व्यवसायिक र्याफ्टिङको प्रबल सम्भावना रहेकोले तत्काल व्यवसायिक रुपमा सञ्चालनका सबै पक्षबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले व्यवसायिक रुपमा र्याफ्टिङ सञ्चालनका लागि परिक्षण सफल भएमा स्थानीय सरकारको तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो । उहाँले व्यवसायिक र्याफ्टिङ सञ्चालनले विभिन्न पेसा व्यवसाय फस्टाउने र स्थानीय सरकारको राजश्व बृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
र्याफ्टिङ परिक्षणका लागि गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा विश्वास,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वली, राप्ती गाउँपालिकाका प्रबक्ता तथा वार्ड नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी (अनुप), राप्ती गाउँपालिका—३,नम्बर वडा अध्यक्ष उमेश अधिकारी,राप्ती भालुवाङ होटेल व्यवसाय समितिका सचिव दुर्गाप्रसाद पन्थी,राप्ती उद्योग बाणिज्य संघका सदस्य बसन्त गिरी,राप्ती प्रेस मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता,गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भाबुक,पत्रकार चन्द्र खनाल र कर्णाली र्याफ्टिङ इडभाइजर प्रालिका म्यानेजिङ डारेक्टर देबराज जोशी सहित उहाँको गाइड टिम समेत रहनु भएको थियो ।

