
Pbu
Srbpu
Rgp1
Ggp
Lnp
Rgp
Unsku
Sgr
pku

Rgu
Pvg
Rsb
Vor
Tsm
Asm
Hal
Ssm
Rgu
Ksm
Rgs
Bbbpu
Sls
Wsp
Bbu
nsb
Sbs
Ggd
Gst

Mks
Jmb
Gsb
Bml
sab
Abd
bbt
Jmb
Rpp
Ptm
Rmb
Pls
Syp
दाङ । नाका क्षेत्रमा बाटो संगै खानेपानी, विद्युत र सञ्चारको पहुँचलाई आफुले पहिलो प्रथामिक्तामा राखेको लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्कीले बताउनु भएको छ ।
बिहिबार अर्थ मन्त्री मास्की सहितको टोलीले खंग्रानाका हुँदै भैंसाही नाकासम्मको सिमावर्ती क्षेत्रको अनुगमन तथा स्थानीयहरुसंग भेटघाट गर्ने कार्यक्रम सम्पन्न गरेको छ । खंग्रानाकामा रहेका सिमा स्तम्भ,सरकारी संरचना र जनताको अति आवश्यक समस्याहरुको पहिचान गर्न सिमानाका क्षेत्रमा गई जनतासंग छलफल तथा विचार विमर्श गरिएको हो।
त्यस्तै खंग्रानाकामा भएको कार्यक्रममा बोल्दै मन्त्री मास्कीले गाउँ,गाउँमा सिंहदरबारको मतलव गाउँ गाउँमा बिकाश हुने भएको बताउनु भयो । लुम्बिनी प्रदेश सरकारको मन्त्रालय देउखुरीमा हुनुमा गौरव गर्नू पर्ने बताउनु भयो। नाकाक्षेत्रको बिकाश प्रदेश सरकारको पहिलो प्रथामिक्तामा रहेको बताउनुभयो। नाका क्षेत्रमा बाटो पुर्याउने पहिलो लक्ष्य अनुसार काम गर्ने बताउनु भयो।
यस्तै बाटोसंगै खानेपानी,बिद्युत र सञ्चारको पहुँच पहिलो प्रथामिक्तामा राखेको बताउनुभयो । सिमावर्ती क्षेत्रलाई विकाशको मुल फुटाउन आवश्यक छ मन्त्री मास्कीले भन्नु भयो । नाकासम्म पुग्ने उत्तर दक्षिणको बाटो निर्माण पहिलो चरणमा काम गर्ने बताउदै कपिलवस्तुको पश्चिम भाग र दाङको पुरै सिमाना र नेपालगंजको पुर्वी भाग सिमावर्ती क्षेत्रमा सिमानाका सिमानाको ठुलो समस्या भएको बताउनुभयो । सिमावर्ती क्षेत्रमा बाह्रै महिना यातायातका सुचारु हुने हिसावले काम गर्न चाहेको स्पष्ट पार्नु भयो । सिमानाकामा बास्तबिक सिमारक्षक स्थानीय नै भएको बताउदै प्रहरी प्रशासन र स्थानीयहरुको समन्वय आवश्यक रहेको बताउनु भयो।
विभिन्न सिमानाकामा स्थानीयहरुले मन्त्री मास्कीलाई ज्ञापन पत्र समेत बुझाएका छन्। ज्ञापन पत्रमा मुख्य गरी खानेपानीको समस्या,बिद्युत,सञ्चार,बाटोलाई बिशेष प्रथामिक्तिमा राखिएको छ । सिमावर्ती क्षेत्रको स्थलगत अनुगमन तथा स्थानीयहरुसंग भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेशका अर्थ मन्त्री धन बहादुर मास्की,प्रदेश सभा सदस्य कृष्ण कुस्मा थारु,गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वली,त्यसैगरी लक्ष्मी चौ,प्रदेश कमिटी सदस्य अम्मर कवंर, चक्रबहादुर खड्का (शिखर) मिश्रीलाल गुप्ता लगायतकाको सहभागिता रहेको थियो।

