
Srbpu
Pbu
Sgr
Lnp
Rgp1
Rgp
Ggp
Unsku
pku

Rgs
Tsm
Rsb
Bbu
Ggd
nsb
Wsp
Gst
Sbs
Bbbpu
Rgu
Ssm
Asm
Sls
Hal
Pvg
Rgu
Vor
Ksm

Mks
Gsb
Jmb
Rmb
Rpp
Ptm
bbt
Abd
Bml
Pls
sab
Syp
Jmb
दाङ । देउखुरीको लमहीमा दोस्रो पर्यटन,उद्योग,कृषि तथा व्यापारीक महोत्सव सञ्चालन हुने भएको छ ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित नमुना जैविक विविधता ग्रिन पार्कलाई संरक्षण गर्ने तथा वनलाई पर्यापर्यटन प्रवर्द्धन गर्नका लागि विशेष सहयोग गर्ने मुख्य उदेश्यका साथ लमही चेम्बर अफ कमर्सको आयोजनामा यहीँ माघ ५ गतेदेखि २० गतेसम्म महोत्सव सञ्चालन गर्न लागेको चेम्बरका अध्यक्ष शितल भुसालले जानकारी दिनु भयो ।
यस्तै चेम्बरले बिहिबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि महोत्सव सञ्चालन गर्ने सम्बन्धमा जानकारी दिएको हो। उक्त महोत्सवमा विभिन्न १ सय ५० बढी स्टलहरु राखिने अध्यक्ष भुसालले जानकारी दिनु भयो । उहाँका अनुसार देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादनका सामाग्री,घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु महोत्सवमा राखिने बताउनु भयो । महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागीता रहने र चर्खे पिङ,झुला,बाल उद्यान,लगायतका मनोरन्जनात्मक बस्तु राखिने छ ।
त्यस्तै महोत्सव अवधिभर करिब ३ लाख दर्शकले अवलोकन गर्ने र ४० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको चेम्बरका महासचिव केशव अधिकारीले जानकारी दिनु भयो । महोत्सवमा कृषि तथा स्वास्थ्यका स्टललाई नि:शुल्क गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा असाहयहरूलाई परिचय–पत्रका आधारमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस्तै विद्यार्थीको हकमा परिचय–पत्रका आधारमा ८० रूपैयाँ र सर्वसाधारणका लागि १ सय रूपैयाँ टिकट कायम गरेको चेम्बरले जनाएको छ ।

