
Unsku
Rgp
Rgp1
Ggp
Srbpu
pku
Lnp
Sgr
Pbu

Rgu
Vor
Bbbpu
Bbu
Ggd
Rgu
Sbs
Gst
Rsb
Tsm
nsb
Hal
Wsp
Pvg
Sls
Ssm
Ksm
Rgs
Asm

Rmb
Gsb
bbt
Pls
Bml
Mks
Abd
Syp
Rpp
Ptm
sab
Jmb
Jmb
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरी बक्यौता महसुल नतिर्ने अन्य ४६ वटा उद्योगहरुको पनि विद्युत लाइन काट्ने तयारी गरेको छ।
प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै कानुनी रूपमा अड्चन नभएका उद्योगको लाइन काट्दै जाने जनाएको हो। यसअघि प्राधिकरणले गत शुक्रबार र शनिबार ९ वटा उद्योगको विद्युत आपूर्ति बन्द गरेको छ ।
पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६१ वटा उद्योगको विद्युत बक्यौता रहेकोमा महसुल तिर्न नपर्ने भन्दै ५१ वटा मुद्दा परेको जानकारी दिए । उहाँले भन्नु भयो, ‘४५ वटा मुद्दाको फैसला प्राधिकरणको पक्षमा आएकाले अब बक्यौता बाँकी रहेका उद्योगको विद्युत आपूर्ति काट्दै जानेछौं । बाँकी ६ वटा उद्योगको मुद्दामध्ये ३ वटामा अन्तरिम आदेश आएको छ भने ३ वटा मुद्दा अदालतमा विचाराधीन रहेकाले हालका लागि ती उद्योगको विद्युत् आपूर्ति कटौती गर्दैनौं।’
त्यस्तै उहाँका अनुसार लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिने औद्योगिक,व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहकलाई प्रिमियमसहितको विद्युत महसुल भुक्तानीका लागि पटक–पटक ताकेता एवम् सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको थियो।
यस्तै उक्त अनुरोधलाई बेवास्ता गर्दै महसुल बुझाउन अस्वीकार गरेपछि नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण विनियमावली, २०७८ विनियम ३१ तथा विद्युत महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम २०८० पुस ६ गतेबाट विद्युत लाइन बिच्छेद गर्न शुरू गरिएको घिसिङले बताउनु भयो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
