
Pbu
Rgp
Srbpu
Unsku
Lnp
Ggp
Sgr
pku
Rgp1

Bbbpu
Ksm
Wsp
Hal
Gst
Rgu
Asm
Rgs
Sbs
Ggd
nsb
Sls
Ssm
Rsb
Bbu
Rgu
Vor
Pvg
Tsm

Bml
Jmb
Jmb
sab
Rmb
Mks
Rpp
Syp
bbt
Ptm
Gsb
Pls
Abd
कञ्चनपुर । कञ्नपुरबाट लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित २ नम्बर गल्लीबाट ०.२४ ग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउका १८ वर्षीय किशोरसहित दुई जना बुधवार साँझ पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुई जनालाई पक्राउ गरेको हो । यस्तै कृष्णपुर नगरपालिका ८ रैकवारबिचुवाबाट ३.४७ ग्राम लागूऔषध सहित सोही ठाँउका २८ वर्षीय हरिश भण्डारी बुधवार साँझ पक्राउ परेका छन् ।
त्यस्तै नेपाल प्रहरी प्रदेशकार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको संयुक्त प्रहरी टोलीले भण्डारीलाई आफ्नै घरमा सञ्चालन गरेको पसलबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
