
Rgp1
Pbu
pku
Lnp
Unsku
Ggp
Rgp
Sgr
Srbpu

Sbs
Pvg
Rgu
Bbu
Gst
Asm
Rgu
Rgs
Ssm
Hal
Wsp
Rsb
Tsm
Ggd
Vor
Ksm
Bbbpu
nsb
Sls

Gsb
Bml
Jmb
Abd
Ptm
Jmb
Mks
Pls
Rpp
sab
bbt
Syp
Rmb
दाङ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति बाेर्डका अध्यक्ष डाक्टर किरण पाैडेलले जैविक विविधता ग्रिनपार्क लमहीकाे निरीक्षण गर्नु भएको छ ।
चुरे क्षेत्रको संरक्षणमा जाेड दिइएको छ । चुरेका कारण प्राप्त हुने प्राकृतिक स्रोतले गर्दा नै तराई रहन सक्ने नत्र त्यसको विनाश अनि साथै त्यहाँ रहने मानिसहरूको जनधन जोखिममा पर्ने डा. किरण पाैडेलले बताउनुभयो ।
चुरेको महत्त्व त्यहाँको जमिनको उत्पादकत्वमा मात्र नभई विपदसँग पनि जोडिएको छ । जथाभाबी दोहन वा अव्यवस्थापनका कारण बाढी र पहिरो दुवै जोखिम उच्च हुने र तराईका निम्ति चुरे क्षेत्रले भूमिगत जल भण्डारको काम गरेको विज्ञहरू बताउँछन् । नेपालमा वर्षमा करिब साढे तीन महिना वर्षा हुने गर्छ भनेर अरू बेला पानी फाटफुट मात्रै पर्छ । चुरे क्षेत्र र भावर क्षेत्रले चाहिँ तराईका निम्ति भूमिगत जल भण्डारको काम गरेका छन् । पार्ककाे बारेमा चुरेका टाेलीलाई सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल,उपाध्यक्ष रवि श्रेष्ठ र काेषाध्यक्ष तेजबहादुर विकले जानकारी गराउनु भएको थियोे ।
बिहिवार उहाँको नेतृत्वमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति बाेर्डका सदस्य डाक्टर सुस्मिता ढकाल,अर्थमन्त्रालयका उप-सचिव डिल्ली पाैडेल, इञ्जिनियर प्रकाश बस्नेत लगायतले पार्ककाे स्थलगत अवलोकन तथा निरीक्षण गर्नु भएको हाे ।
