
Rgp
pku
Sgr
Lnp
Ggp
Unsku
Pbu
Srbpu
Rgp1

Ggd
Wsp
Vor
Tsm
Bbu
nsb
Ssm
Sls
Gst
Rgs
Rgu
Pvg
Rgu
Ksm
Asm
Hal
Sbs
Rsb
Bbbpu

Syp
Jmb
Pls
Mks
Ptm
Gsb
Rmb
sab
bbt
Rpp
Abd
Bml
Jmb
पाल्पा । बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधिन सुरुङ मार्गको कामलाई तिब्रता दिन सिद्धार्थ राजमार्ग यहीँ पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनु भयो । सुरुङ मार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई र स्लोप क्षेत्रको कार्य गर्दा बाटो साँघुरो भएको कारण राजमार्गको सिद्धबाबा खण्ड पुस १६ गतेबाट सय दिन बन्द हुनेछ ।
त्यस्तै सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ भने अत्यावश्यक सवारीसाधनलाई कुनै रोक नलगाइएको प्रशासनले जनाएको छ । सुरुङ निमार्ण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ निमार्ण कार्य गर्दा यातायात सञ्चालन गरी काम गर्दा जोखिम हुने भएकाले रातिको समयमा सडक बन्द गरेर काम गर्न लागेको हो ।
यस्तै जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सडक बन्द हुने विषयको सूचना प्रभावकारी रुपमा सम्प्रेषण गरी सम्बन्धित नियामक निकाय,समन्वय गर्ने निकाय,यातायात सेवा कम्पनी,राजमार्ग प्रयोगकर्तालाई पूर्ण जानकारी गराउने निर्णय गरेको छ ।
