
Unsku
Lnp
Rgp
Ggp
Rgp1
Sgr
Srbpu
pku
Pbu

nsb
Bbbpu
Rgs
Ssm
Gst
Pvg
Rgu
Sbs
Bbu
Vor
Hal
Asm
Ksm
Rgu
Rsb
Wsp
Ggd
Tsm
Sls

bbt
Pls
Jmb
Syp
Ptm
Abd
Rmb
sab
Rpp
Bml
Jmb
Mks
Gsb
काठमाडौं । आज ‘क्रिसमस डे’ नेपाल सहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले भव्य साथ यो पर्व मनाउँदै छन् ।
अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति,उपराष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना सन्देश दिनु भएको छ । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
त्यस्तै ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
यस्तै क्रिसमसका अवसरमा काठमाडौँ,ललितपुर, भक्तपुर र पोखरा लगायत देशका विभिन्न स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री लगायतले भरपुर सजाइएको पाइएको छ ।
