
Ggp
Rgp
Lnp
pku
Unsku
Pbu
Srbpu
Rgp1
Sgr

Wsp
Ksm
Rgu
Ssm
Rsb
Sls
Bbbpu
Vor
nsb
Bbu
Hal
Asm
Sbs
Tsm
Ggd
Gst
Rgs
Pvg
Rgu

Abd
Jmb
Gsb
Bml
Syp
Rmb
Pls
Mks
sab
Jmb
Ptm
Rpp
bbt
कपिलवस्तु । नेपाल–भारत सीमा स्तम्भ (दशगजा) क्षेत्रमा सरसरफाई तथा सिमा स्तम्भको मर्मत गरिएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ७ सँग जोडिएको नेपाल–भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीकाे टोलीले संयुक्त रुपमा सरसफाई तथा सिमा स्तम्भको निरीक्षण र मर्मत गरेको हो ।
नेपाल सशस्त्र प्रहरी बल (बिओपी) डालपुरका सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठले सिमा स्तम्भ क्षेत्रमा सरसफाई र सिमा स्तम्भको अवस्थाको बारेमा भारतीय एसएसबीसहितको टोलीले सरसफाई तथा सिमा स्तम्भको निरीक्षण गरिएको बताए । उनले नेपाल–भारत सिमा क्षेत्रको दत्तपुर र गेडुवाजाेत– परसरामपुर क्षेत्रमा ११ वटा पिल्लर अवस्थित ५७७÷६ नम्बर सिमा स्तम्भ (दशगजा) क्षेत्रमा सरसफाई र मर्मतसहित सिमा स्तम्भहरुको निरीक्षण गरिएको बताउनुभयाे । उनले हराएका र भत्किएका सिमा स्तम्भहरुको निर्माण र मर्मतसम्भारको लागि सम्बन्धित निकायमा पहल भइरहेको बताउनुभयाे ।
त्यस्तै अइतवार नेपाल सशस्त्र प्रहरी बल (बिओपी) डालपुरका सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठ र भारतीय कुसाहवा कैम्प एसएसबी सिमा बल अस्थायी नेपाल र भारत सिमा सिमा प्रहरी लगायत टोलीले सिमा स्तम्भ क्षेत्रमा सरसफाई र सिमा स्तम्भको निरीक्षण र मर्मत गरेको हो ।
यस्तै प्रहरी निरीक्षक श्रेष्ठका अनुसार नेपाल–भारत सीमा क्षेत्रका धेरै जसो सीमा स्तम्भ वरिपरि फैलिएको झाँडीसमेत सरसफाई गरिएकाे छ । तराईका जिल्लामा आउने बाढीका कारण सिमा स्तम्भहरु भत्किने र हराउने गरेका छन् । कतिपय सिमा स्तम्भहरु नदीकै धारमै परेका कारण भत्किने र हराउने गरेका छन् ।
त्यस्तै स्थानीयबासीका अनुसार सिमावर्ती तराईका जिल्लाहरुमा हरेक वर्ष बाढीका कारण सिमा स्तम्भहरु थप जोखिममा पर्ने गरेका छन् । वर्षेनी नदीमा आएको बाढीका कारण नेपालतर्फ कटान गर्दै आएको छ । वर्षायाममा नदीको बहाव परिवर्तन भएसँगै सिमानाहरु परिवर्तन हुने समस्या छ ।
