
Srbpu
Rgp
pku
Unsku
Sgr
Rgp1
Ggp
Pbu
Lnp

Pvg
Vor
Hal
Gst
Sls
Rgu
Rgu
Asm
Bbu
Wsp
Bbbpu
Ksm
Rsb
Tsm
Rgs
Ssm
Sbs
nsb
Ggd

Ptm
Rpp
Mks
Rmb
Abd
Bml
sab
Syp
Pls
Gsb
Jmb
bbt
Jmb
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले जातीय पहिचान जोगाउन संघीयता ल्याएकाे बताएका छन् ।
पहिचान र सामर्थ्यको आधारमा मगरात प्रदेश बनाउने लक्ष्यका साथ धर्मनिर्पेक्षेता, संघीय गणतन्त्र र लोकतन्त्र माथिको षड्यन्त्रप्रती खबरदारी गर्दै मगर र थारुको भाषा प्रदेश सरकारी कार्यालयमा कार्यान्वयन गराउन दवाव दिने उद्देशका साथ लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया सिरिचाैरमा नेपाल मगर संघ केन्द्रीय समितिले आयोजना गरेको बृहत मगर जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री चाैधरीले सो कुरा बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री चाैधरीले नेपाल बहुजातिक, बहुभाषिक, बहुसंस्कृति भएको देश भएकोले सवै भाषा तथा संस्कृति संरक्षण गर्ने दायित्व सरकारको रहेको बताएका छन् । मुख्यमन्त्री चौधरीले थारु,मगर र जनजातिले घरमा उत्पादन गर्ने घरेलु जाँड र रक्सीलाई नष्ट गर्न नपाइने बताएका छन् । प्रहरीले घरेलु मदिरालाई बिक्री वितरणमा निषेध गर्दै त्यस्तो पाइएमा घोप्टाइदिने, फालिदिने गरेकोप्रति लक्षित गर्दै मुख्यमन्त्री चौधरीले अब कसैले त्यस्तो गरेको पाइएमा प्रदेश सरकारले कारबाही गर्ने बताए ।
उनले जाँड, रक्सीलाई ब्रान्डिङ गरेर बेच्नको लागि प्रदेश सरकारबाट बजेट नै विनियोजन गरिएको बताए । ‘थारु र मगरले बनाउने जाँड, रक्सीलाई घोप्टाउने र विदेशी रक्सी फोरेर यो देश समृद्ध बन्न सक्दैन,’ चौधरीले भने, ‘कोदो, मैवा, अनादी लगायतको रक्सीलाई ब्रान्डिङ गर्ने हो, यो कसैले रोक्न सक्दैन । बजेट छुट्याएरै प्रदेश सरकार अगाडि बढिसकेको छ ।’
स्थानीय खानपानलाई ब्रान्डिङ गरेर स्वदेशको बजार र संसारभर पुर्याउन सके त्यसैको माध्यमबाट आर्थिक समृद्धि आउन सक्ने उनको भनाइ छ । मुख्यमन्त्री चौधरीले रुपन्देही, रोल्पा र पाल्पालाई मगर क्षेत्र र दाङ, बाँके, बर्दियालाई थारु क्षेत्र घोषणा गरेरै उत्पादन र ब्रान्डिङ गर्ने सरकारको योजना रहेको बताए । उनले लुम्बिनीमात्रै नभएर नेपालकै खानपानलाई बाहिर बेच्नुपर्ने बताएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले मगर, थारू लगायत विभिन्न जातजातिको भाषालाई कामकाजको भाषा बनाउने सरकारको नीति रहेको बताएका छन् । साथै विभिन्न भाषाभाषीलाई कामकाजीको भाषा बनाउन सरकारले कानुन बनाउने तयारी गरिरहेको बताएका छन् । मगर समुदायले उठाएको माग जायज रहेकोले त्यस माग प्रति आफू प्रतिबद्ध रहेको बताए । यसै बीच सभामुख घर्तीले पछिल्लो समय मगर समुदायको जनसंख्या घटेको प्रति दुख व्यक्त गरे । मगर समुदायको जनसंख्या घट्नुको कारण पत्ता लगाउनु पर्ने उनले बताएका छन् ।
त्यस्तै उनले मगर समुदायले भाषा संरक्षण गर्न ध्यान दिनुपर्ने र त्यसका लागि कक्षा सञ्चालन गर्न आवश्यक रहेको समेत बताएका छन् ।
नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र बहादुर पुन मगरको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीको प्रमुख आतिथ्यता तथा सभामुख तुलाराम घर्ती मगरको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभा सुरू हुनु पुर्व विभिन्न संस्कृति झल्किने खालका झाँकी तथा र्याली निकालिएको थियोे भने कार्यक्रम स्थलमा विभिन्न नृत्य तथा झाँकी प्रदर्शन गरिएको थियो । नेपाल मगर संघले लुम्बिनी प्रदेशमा मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्न माग गरेको छ । त्यस्तै, धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र लोकतन्त्र माथिको षड्यन्त्रपूर्वक आक्रमणप्रति खबरदारी समेत गरेको छ । त्यस्तै उक्त सभाको संचालन केन्द्रीय महासचिव टेकबहादुर नामजाली मगरले गर्नु भएको थियो । पूरा कार्यक्रम हेर्नका लागि सीधापत्र डटकमको फेसबुक पेज sidha patra online t.v सर्चगरेर हेर्न सकिनेछ ।

