
Pbu
Rgp1
pku
Rgp
Unsku
Lnp
Ggp
Srbpu
Sgr

Pvg
Sls
Tsm
Rgu
Rgu
Bbbpu
Bbu
Sbs
Rgs
Ksm
Hal
Asm
nsb
Gst
Ssm
Vor
Rsb
Wsp
Ggd

Abd
Mks
Bml
sab
bbt
Syp
Rpp
Jmb
Rmb
Ptm
Jmb
Pls
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिका विपद व्यवस्थापन समितिको नियमित बैठक शुक्रबार सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले ३ वटा प्रस्तावहरुमा छलफल गरि निर्णय गरेको गरेको छ । जसमा पहिलो प्रस्ताव गाउँपालिका अन्तरगतका विभिन्न नदी तथा घाटहरुबाट रातिको समयमा नदीजन्य पदार्थको अवैध रुपमा उत्खनन भई रहेको पाइएको हुँदा उक्त उत्खनन नियन्त्रणका लागि सम्बन्धित निकायहरुसंग समन्वय गर्ने भनि निर्णय भएको छ ।
त्यस्तै दोस्रोमा निर्णयमा विपद व्यवस्थापन शिर्षकबाट कार्य सम्पन्न भई भुक्तानीका लागि पेश भएका विपदसंग सम्बन्धि योजनाहरुको भुक्तानीका लागि गाउँपालिकामा सिफारिस गर्ने निर्णय भएको छ । यस्तै तेस्रो निर्णय शंकर माध्यमिक विद्यालय खरदरियाको लागि वडा नम्बर ३ को सिफारिस अनुसार विद्यालय परिसर भित्र विद्यालय भवन तथा विद्यार्थीहरुलाई क्षति पुर्याउने तथा दुर्घटना निम्त्याउन सक्ने सुकेका वा ढलेका रुखहरु कटान तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय लमहीमा सिफारिस गर्ने निर्णय भएको गाउँपालिका सूचना अधिकारी सरद रेग्मीले जानकारी दिनु भयो ।
बैठकमा राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डे,वडा नम्बर १ का वडा अध्यक्ष सुर्य चौधरी,वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर,४ का वडा अध्यक्ष रामेश्वर यादव,वडा नम्बर ५ का अध्यक्ष टंक बहादुर बिष्ट,वडा नम्बर ६ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता श्याम बहादुर रोका,वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर वली,कार्यपालिका सदस्य दिलमती वली,नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका सभापति नरेन्द्र सिंह भण्डारी,नेकपा माओवादी केन्द्र राजपुरका उपाध्यक्ष भोगेन्द्र सिंह राजपुत,नेपाल रेडक्रस सोसाइटी दुलैया शाखाका सभापति राजकुमार यादव लगायतको उपस्थिति रहेकोे थियो ।
त्यसैगरी बैठकमा घर बनाउन र विभिन्न प्रयोजनका लागि उपभोक्ताले नदीजन्य पदार्थ गिट्टी,बालुवा सम्बन्धित सिफारिस मागेको खण्डमा सिफारिस दिँदा आवस्यक भन्दा अनावश्यक रुपमा नदिन वडा अध्यक्षहरुलाई गाउँपलिका अध्यक्ष शरद कुमार बुढाथोकीले आग्रह गर्नु भएको छ ।

