
pku
Unsku
Rgp1
Srbpu
Ggp
Sgr
Lnp
Rgp
Pbu

Sls
Sbs
Bbbpu
Hal
nsb
Wsp
Rgu
Rsb
Asm
Vor
Ksm
Rgs
Ggd
Ssm
Gst
Rgu
Pvg
Tsm
Bbu

Jmb
Mks
Rpp
bbt
Ptm
Abd
Jmb
Syp
Gsb
sab
Bml
Pls
Rmb
नवलपरासी । “ॐ नमः शिवाय” पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नम्बर ४ लोहरौलीमा रहेको ऐतिहासिक शिवपार्वती मन्दिरले यति बेला संरक्षण खोजिरहेको छ।
नेपालको मध्य तराई भू-भाग लुम्बिनी प्रदेश नवलपरासी पश्चिम जिल्ला पाल्हीनन्दन गाउँपालिका वार्ड नं. ४,लोहरौलीमा एक प्राचीन कालको ऐतिहासिक शिव पार्वती मन्दिर छ । यो शिव पार्वती मन्दिर नवलपरासी पश्चिमको सदरमुकाम परासी देखि लगभग ६ कि.मी. दक्षिण तर्फ तथा रामग्राम स्तुपदेखि दक्षिण पश्चिम कुनामा लगभग २ किमी टाढा रहेको छ । पाल्हीनन्दन गा. पा. वार्ड नं. ४,लोहरौली भन्ने गाउँमा रहेको सो प्राचीन शिव पार्वती मन्दिर कहिले बनेको हो,कसले बनाएको हो भन्ने कुराको प्रमाण वा मौखिक रूपमा कसैले पत्ता लगाउन सकेको छैन ।
पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ४, लोहरौलीमा रहेको प्राचीन शिवपार्वती मन्दिर जिल्ला प्रशासन कार्यालय परासी नवलपरासीमा ” शिव पार्वती सिद्धधाम संरक्षण संस्था”को नामले दर्ता छ । शिवपार्वती मन्दिर जमिनको सतहबाट लगभग (सात) फिट उचाईमा पिपलको विशाल रूखको जरा भित्र हुन् आफै प्रकट भएका शिवपार्वती परापूर्वकालदेखि सबैले हेर्दै आएका छन,तर पिपलको जराले एक इन्च पनि ढाक्न सकेको छैन। त्यस्तो ठूलो विशाल डरलाग्दो पिपलको जरामा प्रकट भएका भगवान शिवजी र माता पार्वती जीको दर्शनार्थ भारत समेतबाट भक्तजन एवं श्रद्धालुहरू यस शिवपार्वती मन्दिरमा आउने गर्दछन ।
यो नवलपरासी जिल्लामा अवस्थित यस श्री शिवपार्वती मन्दिरको प्रचारप्रसारको कमीले यस्तो दुर्लभ मन्दिरको बारेमा जानकारी हुन सकेको छैन। यो मन्दिरको विषयमा जति लेखे पनि अधुरो नै हुन्छ या मन्दिरको पूर्वपट्टि एउटा ५ बिघामा फैलिएको पोखरी (ताल) छ । यस पोखरीको पश्चिम डिलमा शिवपार्वती र पोखरीको दक्षिण तर्फ डिलमा जनता माध्यमिक विद्यालय रहेको छ । यस पोखरीको डीलमा रहेका सामुदायिक माध्यमिक विद्यालय यस क्षेत्रकै पुरानो वि.स. १०१५ सालमा स्थापना भएको विद्यालय हो । यस पोखरीको उत्तर पूर्व कुनामा चार तल्ले इन्जिनियरिङ्ग कलेज निर्माण भइरहेको अवस्थामा छ। यस्तै मन्दिरको दक्षिण तर्फ मूल गेटको पूर्व प्रदेश र स्थानीय तहको बजेटबाट विकास निर्माणका कार्यहरू भई रहेको पाल्दीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक )ले बताए ।
हाल पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ४ लोहरौलीमा अवस्थित यो प्राचीन शिवपार्वती मन्दिरको विकास र प्रचारप्रसारमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार एवं अन्य सम्बन्धित पक्षहरूको ध्यान आकर्षित हुन जरुरी देखिन्छ ।
यो ऐतिहासिक एवं प्राचिन मन्दिरमा हाम्रो आस्था र विश्वासको साथै हाम्रो सनातन धर्मको परम्परा जोडिएको र मन्दिरमा हरेक महाशिवरात्री पर्वमा ३ तीन दिनसम्म भीडभाडका साथ पूजापाठ र मेला लाग्ने गरेको पुराजी बताउँछन् । साथै प्रत्येक वर्ष श्रावण महिनाभरी विशेष गरेर प्रत्येक सोमवारको दिन पूजापाठ श्रद्धालुहरूको भीड यस्तै अन्य सांस्कृतिक कार्यक्रमको साथै मेला पनि लाग्ने गरेको छ।
अखण्ड,बहुभाषिक,बहुधार्मिक सहिसुणता एवं प्राकृतिक सम्पदाले सिंगारिएको यस भुपरिवेष्ठित देशमा अनेकौ प्रकारका मठमन्दिर,पाटी पौवाको साथ-साथै अनेक भाषाभाषी र विभिन्न धर्मावलम्बीहरूले भरीपूर्ण छ । हाम्रो देश नेपालमा प्राचीन ऐतिहासिक मठ मन्दिरहरू धेरै छन तर केही मठ मन्दिरहरुको प्रचारप्रसार एवं व्यवस्थापनको कमीले हालसम्म आफ्नो पहिचान बनाउन सकेको छैन । त्यस्तै नेपाल सरकार पर्यटन बोर्डको पनि यस्ता धेरै पर्यटकीय स्थलहरुमा ध्यान पुगेको छैन।
