इराधा झाक्री मगर शुक्रबार, पुष ०६, २०८०

रोल्पा । रोल्पा जिल्लाको गापा गाउँमा जन्मनु भएकी ७२ वर्षीय पुर्व माननीय,सस्कृतिविद, प्रेरणाका श्रोत बम कुमारी बुढा मगर समाजशास्त्र विषयमा स्नातकोत्तर गरि दीक्षित हुनुभएको छ ।

पढाइ र सिकाइलाई उमेरले छेक्दैन भने झै उहाँले एउटा उदाहरणीय पात्र बन्नु भएको हो । रोल्पा जिल्लाबाटै पहिलो एस.एल सि र पहिलो माननीय हुनु भएकि बुढा मगर एउटा गतिलो उदाहरण र प्रेरणा हुनु भएको छ । लामो समयसम्म आफ्नो जात भाषा,सस्कृती,भेष भुषा जोगाउन मै आफु तल्लिन रहेर पनि स्नातकोत्तर गर्नु भनेको एउटा ऐतिहासिक काम गर्नु भएको हो ।

२०८० सालको ४९ औं दीक्षान्त समारोहमा उहाँ दीक्षित हुनु भएको छ । बुढा मगर आफ्नै जीवनमै सामाजिक अभियान्ता भएर बिताएर नै समाजको राम्रो काम गर्नु भएको छ । उहाँ मगर संघ अथार मरात प्रतिश्ठानहरुको विभिन्न ओहदामा रहेर कम गर्नु भएको छ ।

बुढा मगरले मगरहरुको जात,भाषा,सस्कृती, सस्कारहरुको बारेमा धेरै खोज अनुसन्धान गरेर किताबहरु पनि प्रकाशन गर्नु भएको छ । एउटा दुर्गम गाउँमा जन्मेर पनि अहिले उहाँ एउटा उदाहरणीय पात्र बन्न सफल हुनु भएको हो । अझै पनि बुढा जतिको उमेरमा जो कोहिले गर्न नसक्ने कार्य उहाँले गर्नु भएको छ ।

विवाहले प्रगतिको बाटो छेक्छ भन्ने भनाईलाई बुढा मगरले आजीवन आफ्नो जीवनलाई सामाजिक कार्यमा समर्पित गर्नु भएको छ । उहाँको जीवनलाई हेर्दा आफ्नो ब्याक्तिगत जीवनलाई बिर्सनु भयो रत समाजको उदाहरण र प्रेरणाको श्रोत हुनु भएको छ । त्यसैगरि बुढा मगरले छोरीलाई पढाउनु हुन्न भने जमानामा पनि समाजलाई र उमेरले छेक्न सक्दैन भन्ने भनाईलाई चिर्नु भयो ।

इतिहासको पन्नामा सस्कृती बिदको बिल्ला भिर्नु भयो फेरि ७२ बर्षको बिल्ला पनि भिर्नु भयो । यही हुन समाज परिबर्तनको आँखा समाजको आँखा ४९ औं समारोह दीक्षित हुनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]