
Lnp
Rgp
Pbu
pku
Rgp1
Sgr
Srbpu
Ggp
Unsku

Rsb
Ggd
Ksm
Rgu
Ssm
Gst
Rgu
Wsp
Vor
nsb
Bbbpu
Rgs
Sbs
Sls
Pvg
Hal
Asm
Tsm
Bbu

Mks
Rmb
Jmb
Gsb
Jmb
Bml
Syp
bbt
Rpp
Abd
Ptm
sab
Pls
दाङ । दक्षिण देउखुरीको राजपुर गाउँपालिकाले अगर्यानीक तरकारी खेती तथा पशुपालनमा जोड दिएको पाईएको छ ।
दक्षिण देउखुरी अधिकार मञ्च,हेफर परियोजना संगको समन्वय सहकार्यमा अग्र्यानीक तरकारी, बाख्रा तथा बंगुरपालन लाई जोड दिईएको गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले जानकारी दिनुभयो ।
आफू बिगत २०६५ सालदेखि दक्षिण देउखुरी अधिकार मञ्चमा आवद्ध भै काम गर्दै आएको र सामाजिक क्षेत्रको मुख्य जग त्यही नै भएको उहाँले बताउनुभयो । कृषि समूहहरु मार्फत राजपुर गाउँपालिकाले तरकारी खेती,बंगुर तथा बाख्रा पालन प्रबर्धन गर्न बिभिन्न वडाहरुमा १४ वटा समूहहरु अधिकार मञ्चको माताहतमा संचालनमा रहेको अध्यक्ष देबराज कुँवरले बताउनु भयो ।
उत्पादनमुखि कृषि ब्यवसाय प्रबर्धन गर्न र किसानहरुको जिवीकोपार्जनमा सुधार ल्याउन राजपुर गाउँपालिकाले उल्लेख्य बजेट समेत बिनीयोजन समेत गरी काम सुरु गरेको उपाध्यक्ष यादवले बताउनुभयो । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रसंगको समन्वयमा केन्द्रद्धारा राजपुर ५ जंग्रहवामा किसानहरुले उत्पादन गरेको तरकारी तथा खसी बाख्रा बिक्रीका लागि हाटबजार समेत ब्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिनुभयो ।
दक्षिण देउखुरी अधिकार मञ्च र हेफर परियोजना अन्तर्गत सबैजसो वडाहरु र नाका क्षेत्रहरुमा कृषक समूहहरु गठन गरी अग्र्यानिक तरकारीखेति उत्पादन, बाख्रा तथा बंगुरपालन बाट किसानहरुको जिवीकोपार्जनमा सुधार ल्याउने पालिकाको रणनीती रहेको र सोही बमोजीम काम अगाडी बढीरहेको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै निर्धारीत लक्षय अनुरुप गाउँपालिका र हेफर परियोजना मार्फत सबैजसो वडाहरुमा कृषक समूहहरु बनाईएको तथा दक्षिण देउखुरी अधिकार मञ्चले पनि बिभिन्न वडाहरुमा बिपन्न र सिमान्तकृत वर्गका किसानहरुको जिवीकोपार्जन र आय आर्जनकालागि १४ वटा समूहहरु बनाएको बताइएको छ ।
जस अनुसार लाबा डग्गर,प्रगती,सरस्वती लाबाजुनी, एकता,स्वर्गद्धारी,जनचेतना,लालीगुराँस,सृजना, आशा,रामजानकी,सगरमाथा,प्रगतिशील र फूलवारी गरी १४ समूह दक्षिण देउखुरीले गठनगरी बिगत देखि नै संचालन गरिरहेको संस्थाका अध्यक्ष देवराज कुँवरले जानकारी दिनुभयो ।
सोही अभियान अन्तर्गत राजपुर–५ जनचेतना कृषक समूहका कमला चौधरीले ४ कठ्ठा जग्गामा टनेल बनाएर खुर्सानी, टमाटर, फूल तथा बन्दागोबी र रातोकेरा समेत खेति गर्नुभएको पाईएको छ । त्यस्तै राजपुरको सालभौंरीमा अपांगता भएका तेजबहादुर ओलीले समूहले दिएको सस्तो ब्याजको ३५ हजार लगानीबाट सात बर्ष अघिदेखी किराना पसल तथा फ्रेस हाउस संचालन गरी आत्मनिर्भर बन्नुभएको छ भने राजपुर ५ हाथीहवा गाउँको सरस्वती कृषक समूहका २६ जना किसानहरुले अग्र्यानीक तरकारी र कागती खेती तथा भेंडाबाख्रा र बंगुरपालन गर्नुभएको छ ।
उक्त समूहले हालै सहकारी समेत दर्ता गरेको र समूहमा मासीक बचत संकलन गरी ४० लाखको हाराहारीमा कोष खडागरी परिचालन गरेको समूहका अध्यक्ष शंकर चौधरीले बताउनुभयो । मूल समितीका अध्यक्ष कर्णसिंह भण्डारीका अनुसार बिपन्न र सिमान्तकृत समुदायका किसानहरुको आयआर्जनमा टेवा पुग्ने ढंगले कृषक समूहहरु बनाएर अग्र्यानीक तरकारी तथा पशुपालनमा जोड दिइएको र त्यसमा गाउँपालिका, हेफर र मानवकल्याण संस्थाले पनि सहयोग गर्दै आएको बताउनुभयो ।
यसैगरी राजपुर गाउँपालिका वडा नम्बर ४ को दुलैयामा रहेको लाबाजुनी कृषक समूहका २६ जना किसानहरुले टामाटर, खुर्सानी, आलु, गोबी लगायतका तरकारीहरु उत्पादन गरी जंग्रहवा स्थित हाटबजारमा बिक्री गर्न लैजाने गरेको पाईएको छ । आफूले खाने तरकारी उत्पादन गर्न नजान्ने किसानहरुले तालिम लिएपछि प्रसस्तै तरकारी उत्पादन गर्न थालेको लाबाजुनी कृषक समूहका अध्यक्ष डिल्लीराज चौधरीले बताउनुभयो ।
यसैबिच दक्षिण देउखुरी अधिकार मञ्चको आयोजनामा राजपुर गाउँपालिकाका प्रमुख उपप्रमुख र कर्मचारी तथा पत्रकारहरु समेतको टोलीले राजपुरका बिभिन्न वडाहरुमा किसानहरुले उत्पादन गरेको तरकारी तथा पशुपालनको स्थलगत अबलोकन तथा अनुगमन गरेको छ ।
अनुगमन टोलीमा गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपती यादव,सुचना संचार अधिकृत शरद रेग्मी,पशु तथा मत्स्य बिकास शाखाका प्रमुख दिपक नेपाली, कृषि प्राबिधीक नेत्र मल्ल,दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर, कार्यालय प्रमुख पूजा चौधरी र पत्रकारहरु शिबराज पन्थी,दुखहरण यादव रहनुभएको थियो । अनुगमनको क्रममा किसानहरुले राखेका बिभिन्न समस्याहरु स्थानीय सरकारको तर्फबाट समाधान गर्न गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

