
Sgr
Srbpu
Pbu
Lnp
Rgp
Rgp1
Unsku
Ggp
pku

Wsp
Rgu
Asm
Rgs
Hal
Rsb
Rgu
Bbu
Ggd
Ssm
Tsm
Sbs
Pvg
nsb
Bbbpu
Sls
Vor
Gst
Ksm

Rmb
Jmb
Abd
sab
Jmb
Rpp
bbt
Ptm
Mks
Bml
Syp
Pls
Gsb
दाङ । राप्ती गाउँपालिका वडा नं.८ मा रहेको साङ्गे छ्याईलिङ श्रीनगर बाैद्व गुम्बाकाे प्रथम वार्षिक साधारणसभा मंगलबार श्रीनगर बाैद्व गुम्बाकाे प्राङ्गण कहलुवामा सम्पन्न भएको छ।
साधारणसभा गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लुम बहादुर गुरुङको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् पालिकाका वडा नं.८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ र निवर्तमान वडा अध्यक्ष गाेकर्ण बहादुर राना मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हाे।
साे अवसरमा बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विश्वमा शान्तिकाे सन्देश फैलाउने लुम्बिनीमा जन्मेका गाैतम बुद्धकाे प्रतिककाे रुपमा स्थापना गरिएको गुम्बा देउखुरी क्षेत्रकै ऐतिहासिक स्थलको रुपमा रहेको बताउनुभयो ।
त्यस्तै अध्यक्ष विष्टले यस क्षेत्रलाई मिनी लुम्बिनीको रुपमा विकास गरि पर्यटकहरूकाे आकर्षक गन्तव्य स्थल बनाउन स्थानीय सरकार लाग्ने बताउनुभयो।
राप्ती गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङले गुम्बा कुनै एउटा जात र धर्म विशेषकाे मात्रै नभई सबै जातजाति र वर्गको भएको बताउदै यसको विकास र प्रवर्द्धनमा सबैकाे हातेमालो हुन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै बाैद्व गुम्बाका अध्यक्ष लुम बहादुर गुरुङले गुम्बा क्षेत्रमा अझै विभिन्न संरचनाहरु निर्माण गर्न बाँकी नै रहेको बताउदै यसको विकास र प्रचारप्रसारमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नं.८ का निवर्तमान वडा अध्यक्ष गाेकर्ण बहादुर राना मगर ,राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी,समाजसेवी छविलाल भईया मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।
गुम्बा व्यवस्थापन समितिकी सदस्य विष्णु गुरुङको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण समितिका उपाध्यक्ष फेरुलाल चाैधरीले गर्नु भएको थियो।
यसैबीच सभाले समय व्यस्तताका कारण यस अघि गुम्बा व्यवस्थापन समितिबाट विभिन्न पदाधिकारीहरले राजीनामा दिई रिक्त रहेको उक्त पदमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। जस अनुसार उपाध्यक्षमा फेरुलाल चाैधरी,सचिवमा माेतीलाल चाैधरी ,काेषाध्यक्ष छब बहादुर गुरुङ र सदस्य हुमा गुरुङ रहनु भएको छ।

