
Rgp1
Rgp
Pbu
Ggp
Unsku
Lnp
pku
Sgr
Srbpu

Bbu
Vor
Rgu
Bbbpu
Sls
Rgu
Wsp
Rsb
nsb
Hal
Ksm
Sbs
Ssm
Asm
Pvg
Rgs
Ggd
Gst
Tsm

Jmb
Bml
Mks
Rmb
Gsb
Syp
Abd
bbt
Rpp
Pls
Ptm
Jmb
sab
दाङ । गढवा र राजपुर गाउँपालिका कार्यक्षेत्र रहेको दक्षिण देउखुरी अधिकार मञ्चमा संगठित किसानहरुले जिवीकोपार्जनको माध्यमबाट जिवन फेर्न थालेका छन् ।
समुदायमा आधारीत कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चले बिपन्न र सिकान्तकृत नागरिकहरुको जिवीकोपार्जनमा टेवा पुग्ने खालका कार्यक्रमहरु संचालन गरेपछि केही किसानहरुको जिवन बदलीएको पाईएको छ ।
गढवा–३ गोबरडिहा निवासी लालमति चौधरीले खेतिपाती गरेर बर्षभर खान पनि धौ–धौ भएपछि आफू आवद्ध भएको समाज परिवर्तन मूल समितिमा आवद्ध हुनुभयो । मूल समितिले ४८ जना किसानहरुलाई संगठित गरेर ज्योति कृषक समूह गठन गरि बिभिन्न जिवीकोपार्जनका कार्यक्रम सञ्चालन गर्न थाल्यो । सोही समूहबाट ३० हजार ऋण लिएर लालमतिले गोबरडिहा बजारमा चार्ट तथा पानीपुडीको ब्यवसाय सुरु गर्नुभयो । यो ब्यवसाय सुरुवात गरेपछि उहाँले दैनिक पाँच जनाको परिवार पालेको र ३ छोराछोरीहरुलाई बिद्यालयमा पढाई खर्च धानेको बताउनुभयो ।
दैनिक १ हजार कमाउँछु । मासिक ३० हजार सम्म कमाई हुन्छ–उहाँले भन्नुभयो । कतै तालिम नलिएर युटुब हेरेरै काम सिकेको पनि उहाँले बताउनुभयो ।
गोबरडिहाकै अमिना चौधरीले ज्योति कृषक समूहबाट ५० हजार सस्तो ब्याजको ऋण लिएर अन्य पैसाहरु जोहो गरी अटो किनेको र आफूले हाल अटो चलाउदै जिवन फेरेको बताउनुभयो । पुरुषहरुले मात्र गाडी चलाउने प्रचलनबाट माथी उठेर अमिनाले अटो चलाएरै दैनिकी गुजार्नु भएको बताउनुहुन्छ । दिनमा १ हजार देखि १५ सय सम्म कमाई हुन्छ । अटो चलाउन थालेपछि मेरो जिवन फेरीएको महसुस भएको छ–उहाँले भन्नुभयो ।
अमिना र लालमती जस्तै गोबरडिहा स्थित ज्योति कृषक समूहमा अवद्ध पुनीराम चौधरी र रामगोपाल चौधरीले सस्तो ब्याजमा कर्जा लिएर तरकारी खेति,बंगुर पालन र फलफूल खेति समेत गरेर जिवीकोपार्जनमा सहज भएको बताउनुभयो । सोही समूहका सदस्य श्रीचौधरीले किराना पसल संचालन गर्नुभएको छ भने टिकी कुमालले २५ हजार कर्जा लिएर ४ वटा खसी र २ बाख्रा बिक्री गरी १ लाख ६० हजार आम्दानी लिईसकेको बताउनुभयो । समुहमा आवद्ध किसानहरुलाई सस्तो ब्याजमा ऋण प्रबाह गरी जिविकोपार्जनमा सहयोग गरेको, समूह दर्ता गरी स्थानीय सरकारबाट अनुदान समेत लिएर काम गरेको र धेरै किसानहरुको जिवनस्तर बदलिएको दक्षिण देउखुरी अधिकार मञ्चका समाज परिचालक शारदा चौधरीले बताउनुभयो । समूहमा आवद्ध सबै सदस्यहरुको जिवनस्तर बदल्ने हाम्रो प्रयास हो ।
त्यस्तै समूह सदस्यहरुको निधन हुँदा ५ हजार र परिवारका सदस्यहरुको निधनमा २ हजार ५ सय सहयोग गर्ने गरिएको, जिवीकोपार्जन सुधारकालागि धेरै कामहरु गर्ने अवसर प्रदान गरिएको, सस्तो ब्याजमा ऋण लगानी गरिदै आएको र स्थानीय सरकार तथा प्रदेश सरकारसंग समन्वय सहकार्य गर्दै किसानहरुलाई आयआर्जनकालाग प्रेरीत गरेको ज्योति समूहका अध्यक्ष शिबकुमार चौधरीले बताउनुभयो ।
दक्षिण देउखुरी अधिकार मञ्चले गढवा र राजपुर गाउँपालिकाका १५ वडाहरुमा बिपन्न र सिमान्तकृत बर्गका नागरिकहरुलाई संगठित गरेर उनिहरुलाई जिवीकोपार्जन सुधारका कार्यक्रमहरुमा पे्ररीत गर्दै समग्र दक्षिण देउखुरीको बिकास र समृद्धिमा स्थानीय सरकारसंग समन्वय सहकार्य गर्दै आएको र समय समयमा राज्यका निकायहरुलाई खर्बदारी र ध्यानाकर्षण समेत गराउदै आएको संस्थाका अध्यक्ष देबराज कुँवरले बताउनुभयो । दुई गाउँपालिकामा ५ वटा मूल समितिहरु र ४८ समूहहरु रहेको र कूल १ हजार २ सयको हाराहारीमा समूह सदस्यहरु रहेको उहाँले युगबोधसंग बताउनुभयो ।
यसैबिच गढवा गाउँपालिका र दक्षिण देउखुरी अधिकार मञ्चले समाज परिवर्तन मूल समितिको माताहतमा संचालीत ज्योति कृषक समूहमा किसानहरुले गरेको ब्यवसायिक तथा जिवीकोपार्जन सम्बन्धि कार्यहरुको खेतबारीमै पुगेर स्थलगत अबलोकन अनुगमन गरेको छ । अनुगमनको क्रममा स्थानीयहरुले समयमा मलखाद बिऊ बिजन उपलब्ध गराउन, सिंचाईका लागि थप ब्यवस्थापन गरिदीन र बिषदी छर्न बिद्युत्तिय टैंकी उपलब्ध गराउन स्थानीय सरकार समक्ष माग गरेका छन् । स्थानीयहरुको मागलाई संबोधन गर्दै कृषि तथा पशु बिकास शाखाबाट आबश्यकता र मागका आधारमा अनुदान तथा सामाग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्माले गर्नुभएको छ ।
अबलोकन तथा अनुगमनमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, पपाध्यक्ष शारदा कुमारी चौधरी, पशुबिकास शाखाका प्रमुख अनन्तराज रेग्मी, कृषि शाखाका प्रमुख कर्ताराम यादव, महिला तथा वालवालीका शाखाका प्रमुख पे्ररणा चन्द, वडा सदस्य आशाराम चौधरी, दक्षिण देउखुरी अधिकार मञ्चका देबराज कुँवर, शोभा रावत,कर्मचारीहरु तथा पत्रकारहरुको टिम रहेको थियो ।

