
Asbus
Rgp
Lnp
Ksbus
Ksbus
Msbus
Sdc
Ggp
Ggp

दाङ । यादव समाज सेवा संघका केन्द्रीय अध्यक्ष हिरालाल यादवले आफूमाथि सांघातिक आक्रमण भएको बतउनु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहनु भएका यादवले दशैंको टिकाको दिन दुर्गापूजाको विसर्जन गर्ने क्रममा भएको विवाद समाधानको प्रयास गर्ने क्रममा आफूमाथि धन्यराज यादव सहितको समूहले आक्रमण गरेर घाइते बनाएको बताउनु भएको छ ।
यादवले विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य बुझ्न अनुरोध गर्नु भएको छ ।‘दुर्गापूजा विसर्जनका क्रममा दुर्गाको पट्टीको बिषयले विवाद सिर्जना गरेको हो,यादवले विज्ञप्तिमा भन्नु भएको छ । त्यही बिषयलाई लिएर धन्यराज यादव सहितको समूहले ओमकार यादवलाई गालीगलौच र हातपात गरेपछि विवाद बढेको थियो ।
यस्तै धन्यराज यादवका काका नाता पर्ने लगायतका व्यक्तिले सार्वजनिक बाटो नजिक सञ्जयकुमार यादवलाई कुटपिट गरिरहेको अवस्थामा आफू त्यहाँ पुग्दा आफूमाथि समेत आक्रमण भएको हिरालालले दाबी गर्नु भएको छ ।‘झडप भइरहेको अवस्थामा शान्त पार्न सकिन्छ कि भनेर पुगेँको उल्टै ममाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भयो’ यादवले भन्नु भयो ।‘पछाडिबाट ढुंगाले आक्रमण गरेपछि गहिरो चोट लागेको हो । अहिले उहाँ अस्पतालमा भर्ना भएर उपचार गरिरहनु भएको छ ।
यता धन्यराज यादवले भने आफ्नो दाइको छोरीलाई दुर्व्यवहार गरेपछि विवाद भएको आरोप सहित दावी गर्दै आउनु भएको छ । हिरालाल यादव पक्षको समूहले आक्रमण गर्दा घटना भएको उहाँहरुको दाबी छ । दुवै पक्षले इलाका प्रहरी कार्यालय गढवामा जाहेरी दिएका छन् ।
