तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, पुष ०२, २०८०

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.९ मा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भई रहेका र सम्पन्न भई सकेका विभिन्न विकासे याेजनाहरुकाे आइतबार अनुगमन गरिएको छ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा याेजना अनुगमन समितिकि संयाेजक कमलापती चाैधरी नेतृत्वको टाेलीले उक्त याेजनाहरुकाे अनुगमन गरेकाे हाे।

अनुगमन टाेलीले रुपाकाेट-जाबुने बाटो मर्मत , घुमाउने-नयाँगाउँ बाटाे स्तर उन्नति ,नयाँ गाउँ – सिम्ले बाटो मर्मत ,सल्ले – छुचुद्रे – रातामाटा बाटो मर्मत , राेहीणी – जाकिने बाटो मर्मत लगायतका सम्पन्न भई सकेका याेजनाहरु अनुगमन गरेकाे हाे।

त्यस्तै टाेलीले वडा कार्यालय रुपाकाेटकाे पर्खाल तथा गेट निर्माण र घाेरेबास देखि वडा कार्यालय सम्मको निर्माणाधीन माेटर बाटाे स्तर उन्नति कार्यकाे पनि अनुगमन गरेकाे छ । सीमित स्राेत साधनको बीच जनताहरुकाे मागलाई मध्यनजर गर्दै यस आर्थिक वर्ष वडामा १५ वटा याेजनाहरु छनाेट गरि सञ्चालन गरिएको वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले बताउनुभयो ।

यस वडा आफैमा पालिकाकै विकट पहाडी क्षेत्र मा पर्ने भएकाले पनि जन चाहाना अनुरुप काम गर्न समस्या हुने उहाँको भनाई रहेको छ । वडाका सव इन्जिनियर मान बहादुर जिसीका अनुसार वडाका १५ वटा याेजनाहरु मध्ये ८ वटा याेजनाकाे काम सम्पन्न भई सकेको २ वटा सञ्चालनमा रहेकाे र ५ वटा सञ्चालनकाे तयारीमा रहेको छ।

यस्तै गाउँपालिकाका अन्य वडाहरुमा सञ्चालित योजनाहरु पनि कतिपय सम्पन्न भइ सकेका छन् भने कतिपय सञ्चालनमै रहेका छन् । गाउँपालिकाले यस वर्ष समयमै याेजनाहरुकाे काम सम्पन्न गर्ने उदेश्यले कार्य तालिका नै बनाएर लागु गरेको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]