
Ggp
Unsku
Pbu
Srbpu
Sgr
Rgp
pku
Lnp
Rgp1

Sbs
Bbu
Tsm
Ksm
Rgu
Vor
Pvg
Wsp
Hal
Rsb
Bbbpu
Rgs
nsb
Rgu
Asm
Ssm
Ggd
Gst
Sls

Ptm
Mks
bbt
Jmb
Syp
Pls
Jmb
sab
Rpp
Gsb
Bml
Abd
Rmb
काठमाडौं । नेपाल मगर संघ वाग्मती प्रदेश समितिकाे दाेस्राे पुर्ण बैठक शनिबार नुवाकोटमा सम्पन्न भएको छ ।
प्रदेश अध्यक्ष मिलन थापा मगरकाे अध्यक्षता तथा नेपाल मगर संघ केन्द्रीय सदस्य भगवान राना मगरकाे प्रमुख आतिथ्यता र राजकुमार थापा मगरकाे विशेष आतिथ्यतामा विदुर-५ गंगटे पार्क निवुवाडाँडा नुवाकोटमा सम्पन्न भएको हो ।
बैठककाे संचालन प्रदेश समितिका प्रथम सचिव रामकृष्ण थापा मगर र स्वागत मन्तब्य बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थापा मगरले गर्नु भएको थियाे भने जिल्लाका अध्यक्ष/ प्रतिनिधिहरु मार्फत जिल्लाकाे प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियाे । कार्यक्रममा प्रमुख अतिथि भगवान राना मगरले मगर समुदायकाे आर्थिक, सामािजक, राजनैतिक, सांस्कृतिक र नागरिक अधिकार सुनिश्चतता र कार्यन्वयन गर्नु पर्छ । जुन हक, अधिकार सुनिश्चता गर्न नेपाल मगर संघका मातहत समितिका जिम्मेवारी नेतृत्व गर्नेले प्रथमरुपमा जात तथा जातिय र पहिचान तथा अधिकार बिषयमा स्पष्ट गरि अघि बढ्नु पर्ने छ । संस्थागत मातहतका नियम, कानून, बिधान, निर्णय, निर्देशनलाई सचेतन साथ जागरुक गर्नु आजकाे आस्यकता बिषयमा प्रष्ट पार्नु भएकाे थियाे ।
बैठकले २०८० पाैष ७ गते शनिवारका दिन नेपाल मगर संघ केन्द्रीय समितिले आयाेजना गरेकाे ´´बृहत् मगर जनसभा“ दाङ जिल्लाकाे देउखुरिमा वागमती प्रदेश समिति सहभागी हुने जनाएको छ । प्रदेश समितिकाे जिल्ला ईन्चार्ज समेत ताेकिएकाे उक्त बैठकमा बागमति प्रदेशका १३ वटै जिल्लामा अधिवेशन सम्पन्न गर्नकाे लागि कार्यभार तथा जिम्मेवारि दिईएकाे छ जस्मा चितवन-सुरेन्द्र थापा मगर, मकवानपुर- देव बहादुर राना मगर, धादिङ- रामकृष्ण थापा मगर, नुवाकोट-खेम जर्गा मगर, सिन्धुलि-रामकुमार बाेगटि मगर, काभ्रेपलान्चोक- माेहन थापा मगर, सिन्धुपाल्चोक- ईश्वर पल्लि मगर, रामेछाप-भद्रिका थापा मगर, देलखा-ईन्द्र बहादुर थापा मगर, रसुवा-सर्मिला थापा मगर र काठमाडौ/भक्तपुर/ललितपुर जिल्लाका लागि सबै पदाधिकारीहरुकाे समुपस्थिति रहने, बागमति प्रदेशले तयार पारेकाे कार्यविधि अनुसार १३ वटै जिल्लाकाे वृस्तित विवरण संकलन गर्ने जनाएको छ । बागमति प्रदेश समितिमा भक्तपुरका धर्मराज थापा मगर/ सानुकान्छा आले मगर र उदय बहादुर थापा मगरलाई मनाेनित गरेकाे छ ।
त्यसैगरि मगरहरुकाे महान चाड माघे सङ्क्रान्ति ´´ मिनम ल्हेस“ २०८० प्रत्येक जिल्लामा भब्यसाथ मनाउन प्रदेश समितिबाट सहभागि साथ मगर घर धुरिले मगर संघकाे झण्डा राखि शुभ दिनकाे कामकार्य भएकाे छ । गाेरखा जिल्लाकाे पालुङटारमा हुन गईरहेकाे नेपाल मगर संघ केन्द्रि समितिकाे २८ औं राष्ट्रिय सम्मेलमा नेपाल मगर शिक्षक संघकाे गठनका लागि प्रत्येक जिल्लाबाट महिला शिक्षक सहित २ जना प्रतिनिधि पठाउन जिल्लाहरुलाई निर्देशित गरिएको छ ।

