श्रवण बस्नेत शुक्रबार, कार्तिक १४, २०७७

दाङ । देउखुरीमा ब्रोइलर कुखुराकाे मूल्य फेरि बढेको छ ।बिजया दशमीमा कुखुराकाे माग बढि भएको र कुखुराकाे अभाव भएकोले मूल्य बृद्धि गरिएको हाे ।

देउखुरी कुखुरा पालक समुहकाे हिजो बसेकाे बैंककले आज कार्तिक १४ गते देखि लागू हुने गरि मूल्य बढाउने निर्णय भएको समुहका प्रबक्ता तथा काेषाअध्यक्ष प्रकाश पाेखरेलले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार जिउँदो कुखुरामा २० रुपैयाँ प्रतिकिलाे र काटेको मासुमा ४० रुपैयाँ मात्रै बढाइएको छ ।पहिले जिउँदो १८० रुपैयाँ किलाे थियाे भने काटेको मासु २६० रुपैयाँ किलाेमा बिक्रीवितरण भैइरहेकाे थियाे । अहिले बढेर जिउँदो २०० रुपैयाँ किलो र काटेको मासु ३०० रुपैयाँ किलाे भएको जानकारी दिनु भयाे । बैठकमा कार्य समितिका सबै पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]