धर्वेन्द्र कुर्मी/कपिलवस्तु आइतबार, पुष ०१, २०८०

कपिलवस्तु । विजयनगर गाउँपालिकाकाे वडा नम्बर ३ मा रहेकाे पत्थरदेइया जल उपभोक्ता सिँचाई आयाेजनाकाे अनुगमन गरिएको छ ।

सुरई खाेलाबाट सञ्चालित सिँचाई आयाेजना विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा र ३ का वडा अध्यक्ष हृदय विकास चाैधरीले शनिबार अनुगमन गरेका हुन् ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले अनुगमनकाे क्रममा किसानहरुले माग गरे अनुसारकाे कामलाई निरन्तरता दिने बताउनु भयो । उहाँले थप केही नहरकाे मर्मत तथा स्तराेन्नतीकाे लागि गाउँपालिकाबाट सहयोग गर्ने बताउनु भयो । यस सिँचाई आयाेजनालाई थप व्यवस्थित बनाउन आवश्यक रहेकाे भन्दै उपभोक्ता समितिलाई सक्रियता देखाउन आग्रह समेत उहाँले गर्नु भयो ।

वडा कार्यालय ३ नम्बरको ८ लाखकाे लगानीमा ६ किलाे मिटर बढीमा नहर मर्मत भइरहेको वडा अध्यक्ष हृदय विकास चाैधरीले जानकारी दिनु भयो । उहाँले अधिकांश वडाका किसानले यस सिँचाई आयाेजनाबाट फाइदा लिन सक्ने बताउँदै यस वडाकाे गाैरवकाे याेजनाकाे रुपमा रहेकाे बताउनु भयो ।

यस्तै पत्थरदेइया जल उपभोक्त सिँचाई आयाेजनाका अध्यक्ष भुइधर पासीले यस सिँचाई आयाेजनाबाट १ हजार बढी (घरधुरी) किसान लाभान्वित हुने जानकारी दिनु भयो । उहाँले यस वडाभित्रका पत्थरदेइया, मयनारी, परसहवाडिहवा, महदेइया र कृष्णनगर नगरपालिकाकाे सुखरामपुरका किसानले सिँचाई आयाेजनाबाट प्रत्यक्ष लाभ लिन सक्ने बताउनु भयो ।

त्यस्तै जल उपभोक्त संस्थाका सचिव अजय कुमार मिश्रले सिँचाई आयाेेजनाका कामलाई निरन्तरता दिएकाे बताउनु भयो । उहाँले बजेट अभावले नहरकाे स्तराेन्नतिमा समस्या भईरहेकाे भन्दै थप बजेटकाे माग गर्नु भयो ।

अनुगमन कार्यक्रममा जल उपभोक्ता समितिका पदाधिकारी,स्थानीय देवेंद्रमणि त्रिपाठी लगायतको किसानहरुको पनि उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]