
Pbu
Unsku
pku
Rgp
Lnp
Sgr
Rgp1
Srbpu
Ggp

Tsm
Rgs
Gst
Vor
Rgu
Rgu
Ksm
Asm
Rsb
Ggd
Bbbpu
nsb
Sbs
Sls
Hal
Pvg
Ssm
Bbu
Wsp

Syp
Pls
Abd
Mks
Jmb
sab
Jmb
Gsb
Rpp
Bml
Ptm
bbt
Rmb
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले ढड्डा हाजिरी रजिस्टर हटाएको छ । नगरपालिका मातहतका सबै कर्मचारीले अब ई–हाजिरी गर्छन् । ई–हाजिरीमा हातको ल्याप्चे लगाउन शुरु भएको छ । ई–हाजिरीमा कर्मचारी कतिबेला उपस्थिति भए, कति बेला बिदा भए सबै देख्न सकिन्छ ।
नगरपालिका भित्र सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाको कार्यालय, नगरपालिका भित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका सबै कर्मचारीको लागि ई–हाजिरीको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनु भयो ।
बिदाको लागि पनि छुट्टै निवेदन लेखेर कार्यालय प्रमुखसँग पुग्नु पर्दैन । सबै कर्मचारीको लागि छुट्टाछुट्टै पासवर्ड व्यस्था गरिएको छ । त्यहीँबाट आफ्नो बिदाको निवेदन पठाउन सक्छन् । त्यहीँ आएको निवेदनको आधारमा बिदा स्वीकृत वा अस्वीकृत भएको सबै यहीँ प्रविधिबाटै गर्न सकिन्छ । नगरपालिकाको कार्यालयमा मात्र हैन् । सबै वडा कार्यालयका कर्मचारी र स्वास्थ्य संस्थाका कर्मचारी सबै कति जना उपस्थिति भए कति भएनन् । समयमा आए आएनन् सबै नगरपालिकामै बसेर हेर्न सकिने नगरपालिकाका सूचना प्रविधि शाखाका प्रमुख विशाल महतले बताउनुभयो ।
त्यस्तै सेवाग्राहीलाई मात्र हैन कर्मचारीलाई पनि सजिलो भएको नगरपालिकाका रोजगार शाखा प्रमुख हिरामणी पराजुलीले बताउनु भयो । अब बिदा माग्नैका लागि भनेर नगरपालिकामा आउनु पर्ने बाध्यता हटेको नगरपालिकाले जनाएको छ ।
