
Sgr
Unsku
Rgp1
pku
Pbu
Rgp
Ggp
Lnp
Srbpu

Rsb
Ggd
Ksm
Bbu
nsb
Sbs
Rgs
Pvg
Hal
Bbbpu
Sls
Rgu
Wsp
Gst
Asm
Rgu
Vor
Ssm
Tsm

bbt
sab
Ptm
Rpp
Syp
Abd
Jmb
Bml
Rmb
Pls
Jmb
Gsb
Mks
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान कार्यक्रम आइतबार भव्यताका साथ सम्पन्न भएको छ ।
उपाध्यक्ष धनपती देवी यादवको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले जबसम्म सबैजना आ-आफ्नो स्थानबाट एकजुट भएर लागिदैन तबसम्म लैङ्गिक हिंसा नहट्ने बताउनु भएको छ ।
त्यस्तै उहाँले लैङ्गिक हिंसालाई न्यूनीकरण गर्नका लागि राजपुर गाउँपालिकाको टिम निरन्तर लागि परे बताउनु भयो । अहिले गाउँपालिकाले पालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयमा गुनासो पेटिका राखिएको हुँदा कुनै गुनासो भएको खण्डमा उक्त पेटिकामा राखिदुन आग्रह गर्नु भयो । यस्तै उक्त गुनासो पेटिकालाई प्रत्येक महिनाको एकपटक खोलिने समेत अध्यक्ष बुढाथोकीले बताउनु भयो ।
स्वागत मन्तव्य महिला तथा बालबालिका शाखाका प्रमुख सुनिता चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा कार्यपालिका सदस्य द्वय दिलमती वलि,रिता बिक,नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पतालका प्रशासन सहायक टेकबहादुर चौधरी,मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र सिड्स कार्यक्रमका बिनय गौतम लगायतकाले बोल्नु भएको थियो ।
राजपुर गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल,सीपी नेपाल,हेपर प्रोजेक्ट नेपाल ग्रामीण महिला उत्थान केन्द्रको समन्वयमा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा लोक गीत तथा नृत्य प्रतियोगिता राखिएको थियो । जसमा राजपुर-३ का भगवानदिन यादवको समुह पहिलो,दोस्रोमा राजपुर -६ का श्रीदेवी चौधरी,तेस्रोमा राजपुर-६ गङ्गदीका गरिमा चौधरीको समूहले विजेता प्राप्त गरेका थिए भने कार्यक्रमको संचालन शिक्षा शाखा राजपुरका प्रमुख केशव लम्सालले गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रमलाई समापन गर्दै उपाध्यक्ष यादवले अब कुनैपनि हिंसामा दबेर नबस्न आग्रह गर्नु भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभिनयमा मात्र नभएर अब वर्षको ३६५ दिननै विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने बताउनु भएको थियो ।
पुरा कार्यक्रम हेर्नका लागि पेजमा पोस्ट गरिएको भिडियो हेर्नु होला ।
