
pku
Rgp
Ggp
Lnp
Unsku
Rgp1
Srbpu
Pbu
Sgr

Sbs
Rgu
Asm
nsb
Bbu
Ksm
Ggd
Hal
Rgu
Vor
Rgs
Pvg
Ssm
Bbbpu
Wsp
Rsb
Sls
Tsm
Gst

Ptm
Jmb
sab
Abd
Syp
Gsb
Rpp
Pls
bbt
Mks
Bml
Rmb
Jmb
दाङ । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता,महिला र बालबालिकामा लगानीको एक्यवद्धता भन्ने मुल नाराका साथ शुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन भएको छ ।
कार्यक्रममा बोल्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले लैंगिक हिंसा रोक्नमा लागि महिला पुरुष दुबैको हात हुने बताउनु भयो । यो हिंसालाई निर्मुल पार्नका लागि साझा मुद्दा बनाएर अगाडी बढ्नु पर्छ, महिलाले एक्लै चाहेर मात्र सफल हुँदैन यो विषयमा पुरुषले पनि सक्रियता देखाइ दिनु पर्छ”- उपप्रमुख योगीले भन्नू भयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले हिंसाको अन्त्य गर्नका लागि आफैबाट शुरूवात गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । अहिले पनि महिला र बालबालिकाको सवालमा उनिहरु माथी हिंसा अझै बढ्दो रुपमा रहेको र हिंसाको प्रकार फरक हुँदै गएपनि पीडा एउटै भएको सहभागीहरुको भनाई छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी मेनका खड्काले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो भने स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले स्वागत गर्नु भएको कार्यक्रममा
देउखुरी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष गोमा बस्नेत,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य लगायतले बोल्नु भएको थियो ।
त्यस्तै बाल दिवसका अवसरमा आयोजित गरिएको वक्तृत्वकला कार्यक्रममा उत्कृष्ट भएका चारजना छात्र र चार जना छात्रा गरि आठ जनालाई नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
