
pku
Rgp1
Sgr
Ggp
Srbpu
Lnp
Unsku
Rgp
Pbu

Bbu
Sls
Wsp
Asm
Ggd
Ssm
Gst
Ksm
nsb
Bbbpu
Tsm
Pvg
Sbs
Vor
Rgu
Rgs
Hal
Rsb
Rgu

Mks
Rpp
Jmb
Pls
bbt
Abd
Jmb
Gsb
Bml
sab
Rmb
Syp
Ptm
कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे आयाेजनामा सुरु भएको ३२ औँ लैँङ्गिक हिंसा विरुद्धकाे अन्तर्राष्ट्रिय १६ दिने अभियान सकिएको छ ।
इन्द्रेणी ग्रामिण विकास केन्द्र,करुणा सेचेनकाे सहयोग र विजयनगर गाउँपालिका एवं इलाका प्रहरी कार्यालय गणेशपुरकाे संयुक्त आयाेजनामा सञ्चालित ३२ औँ लैँङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बृहत र्यालीसहित सम्मन्न गरिएको छ ।
गाउँपालिकाकाे सभाहल खडैचादेखि निस्केकाे बृहत र्यालीसहित फरेनी चाेकबाट फर्केर गाउँपालिकाकाे सभाहलमा भव्य रुपमा १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको आयाेजकले जनाएको छ । लैँङ्गिक हिंसा विरुद्ध विविध सचेतनामुलक कार्यक्रम गरि १६ दिनसम्म हिंसा विरुद्ध अभियानकाे रुपमा मनाइएको जनाइएको छ ।
विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले सबैकाे अधिकार बराबर भएकाे बताउँदै लिङ्गकाे आधारमा बन्देज गर्नु हिंसा भएको बताए । उनले छाेरी शिक्षित भए घर, समाज हिंसारहित बन्दै जानुकाे साथै स्वत: सकारात्मक विकास पनि हुने जिकिर गरे । श्रीमतीबाट पनि अधिकांश पुरुष पनि पिडित भएकाे बताउँदै सामाजिक संस्कार र परम्परागत कुरुतीकाे कारण लैँङ्गिक हिंसा हुने गरेकाे बताए ।
अध्यक्ष थापाले लैँङ्गिक हिंसा न्युनीकरण गर्नका लागि व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताए । स्वार्थका कारण बढी हिंसा हुने गरेकाे बताउँदै शिक्षित र स्वस्थ गाउँपालिका बनाउन निरन्तर याेजनाबद्ध रुपमा लागेकाे उनले बताए । लैँङ्गिक विभेद अन्त्यका लागि गाउँपालिकाले कार्यक्रम समेत लागू गरेकाे जनाउँदै अधिकारका आन्दोलनलाई सबैले एक्यवद्धता जनाउन आवश्यक रहेकाे थापाले बताए ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले हिंसा सहेर बस्न नहुने बताएकी छन् । उनले स्थानीय सरकार आएपछि न्यायिक समितिमा हिंसा विरुद्ध उजुरीहरु निरन्तर परिरहेको बताउँदै पिडितलाई न्याय पाउन सहज भएको बताइन् । उनले सबैले सामाजिक हिंसा, कुरीति, भेदभाव विरुद्ध आवाज उठाउनु पर्नेमा जाेड दिँदै सम्बन्धित निकायमा उजुरी दिन आग्रह समेत गरिन् ।
यसैगरी इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजालले कसैले कुनै पनि किसिमको हिंसा गर्न नहुने बताए । सबैले एक आपसमा समझदारीकाे भावना राख्न आवश्यक रहेकाे बताउँदै लैँङ्गिक हिंसा लगायत सबै किसिमका हिंसाहरु कानुनी हिसाबले दण्डनीय भएकाे उनले बताए । उनले कसैलाई अन्याय भएमा ढुक्कसँग प्रहरीमा उजुरी हाल्नुपर्नेमा जाेड दिए ।
त्यस्तै ३२ औँ लैँङ्गिक हिंसा विरुद्धकाे अन्तर्राष्ट्रिय १६ दिने अभियान समापन कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, संघसंस्थाका प्रतिनिधि लगायत सराेकारवालाहरुले लैँङ्गिक हिंसा नगर्ने र गर्न नदिने भन्दै व्यानरमा हस्तान्तरण गरि प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रम काैशिला घिमिरेकाे स्वागत मन्तव्य र बाल कल्याण अधिकारी कमला शुक्लाकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।
