
Lnp
Unsku
pku
Srbpu
Rgp1
Sgr
Pbu
Ggp
Rgp

Hal
Sbs
Rgu
Bbu
Ssm
Wsp
Ksm
nsb
Rgs
Pvg
Asm
Vor
Gst
Bbbpu
Rgu
Sls
Tsm
Rsb
Ggd

Jmb
Rpp
Syp
Gsb
Ptm
bbt
Pls
sab
Rmb
Bml
Jmb
Mks
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिकाका सरकारी कार्यालयहरुमा सुझाव तथा गुनासो संकलन गर्नका लागि पालिकाले गुनासो पेटिका राखेको छ ।
राजपुर गाउँपालिकाले गरेको काम सम्बन्धि सुझाव र गुनासो संकलनका लागि ७ वटै वडा कार्यालयदेखि लिएर पालिका भरिका सबै विद्यालय लगायत सरकारी निकायहरुमा गुनासो पेटिका राखिएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले बताउनु भयो ।
राजपुर पालिकाका बासीहरुको समस्याहरू के-के हुन्। प्रत्यक्ष सम्बन्ध तथा पहुँच नभएका सर्वसाधारणलाई पालिकासँग सम्बन्धित गुनासो, समस्या,सुझाव सजिलो तरिकाले राख्नका लागि व्यवस्थापन गरिएकाे बताउँछन्। त्यस्तै विद्यालय तर्फ शिक्षक,प्रतिनिधी,अभिभावक तथा बालबालिकाका गुनासा सुनुवाइ गरी सबै बालबालिकाको विद्यालयमा सहभागिता बढाउन र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको अध्यक्ष बुढाथोकीले बताउनु भयो ।
त्यस्तै सबै विद्यालयले विद्यार्थीलाई गुनासो राख्ने मौका दिने,विद्यार्थीका राम्रा विचारलाई सम्मान गर्न, निर्णयमा सहभागी गराउन,सहज स्थानमा गुनासो पेटिकाहरु राख्ने,गोप्य गुनासाहरु गुनासो पेटिकामा राख्न उत्प्रेरित गर्न आग्रह गरिएको अध्यक्ष बुढाथोकीकाे भनाइ रहेको छ । गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलाे प्राथमिकतामा राखेर काम गरिरहेको समेत उहाँले बताउउनु भयो ।
अध्यक्ष बुढाथोकीका अनुसार गुनासो पेटिका निश्चित दिनमा महिनामा एक पटक खोल्ने र परेका गुनासाहरु गुनासो रजिष्टरमा उतार्ने,गुनासो समाधानको लागि व्यवस्था मिलाई गुनसो अनुसार काम गर्ने भनिएको छ ।
