
Rgp
Ggp
pku
Srbpu
Lnp
Rgp1
Unsku
Sgr
Pbu

Bbbpu
Rgu
Ssm
Sls
Pvg
Rgu
Hal
nsb
Rsb
Vor
Bbu
Ksm
Ggd
Asm
Rgs
Gst
Wsp
Sbs
Tsm

Gsb
bbt
sab
Jmb
Abd
Bml
Syp
Jmb
Mks
Pls
Rmb
Ptm
Rpp
दाङ । देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशन जागेस्वर बसेलको अध्यक्षतामा दाङको जखेरामा सम्पन्न भएको छ ।
देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीको प्रमुख आतिथ्यता तथा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको विशिष्ट आतिथ्यतामा शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले यो एउटा सिक्ने फ्लोर भएकाले यसलाई सहि सदुपयोग गर्न सम्पूर्ण व्यावसायीहरुलाई अनुरोध गर्नु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले व्यावसायिक संघ भएतापनि रक्तदान कार्यक्रम आयोजना गर्नु ,देउखुरीका प्रयटकीय क्षेत्रमा बृक्षारोपण कार्यक्रम गर्नु सुखद पक्ष रहेको बताउदै देउखुरीका चारवटै पालिकाका इलेक्ट्रोनिक्स तथा मोबाइल व्यावसायीहरुलाइ एक ढिक्का बनाएर लैजान आग्रह गर्नु भयो ।
संघको बार्षिक प्रतिबेदन महासचिव राजेश कुमार गुप्ताले प्रस्तुत गर्नु भएको थियो । दोस्रो अधिबेशनबाट देउखुरी तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको नयाँ समिति चयन गरिएको छ । जसको अध्यक्षमा जागेस्वर बसेल,वरिष्ठ उपाध्यक्षमा प्रकाश बेल्बासे,उपाध्यक्षमा नारायण बहादुर मगर , महासचिवमा राजेश कुमार गुप्ता,सचिबमा अभिषेक पोख्रेल,कोषाध्यक्षमा हरि बहादुर चौधरी , सदस्यहरुमा लुमाकान्त बोहरा,सागर चौधरी,बिपिन बस्नेत,बिरेन्द्र गुप्ता,मुलचन्द्र चौधरी,राम जनम चौधरी,अमन चौधरी,महेश चौधरी,लोक बहादुर चौधरी,विशाल दाहाल र सल्लाहकारमा शिबम केसि ( पदम) लाई चएन गरिएको छ ।
