
Ggp
Unsku
Sgr
Rgp
Rgp1
Lnp
Pbu
Srbpu
pku

Pvg
Bbbpu
Rgu
Rsb
Vor
Hal
Wsp
Rgu
Tsm
Rgs
Bbu
Ggd
Sls
Ksm
Ssm
nsb
Gst
Asm
Sbs

Rmb
Ptm
Mks
Abd
Pls
Jmb
Bml
Syp
Gsb
sab
Rpp
Jmb
bbt
दाङ । देउखुरी मोबाईल व्यवसायी संघले ग्रिन पार्क भित्र निर्माण गरिएको संस्थाको लोगो स्तम्भलाई शनिबार एक कार्यक्रमको बीचमा उद्घाटन गरेको छ ।
लमहीको अजम्मरी सामुदायिक वन उपभोक्ता समितिद्वारा संचालन रहेको अजम्मरी जैविक विविधता ग्रिन पार्क भित्र निर्माण गरिएको संस्थाको लोगो स्तम्भको उद्घाटन गरिएको हो ।
संघका अध्यक्ष विजय सिंह ठकुरीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी (सागर)को प्रमुख आतिथ्यता एवं देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीको विशेष अतिथिमा उद्घाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सुवेदीले अजम्मरी जैविक विविधता ग्रिन पार्कको सोन्दर्यतालाई बढाउनका लागि देउखुरी मोबाईल व्यवसायी संघले उदाहरणीय कार्य गरेको बताउनु भएको छ ।
पार्कलाई सुन्दर र देउखुरी उपत्यकाकै नमूना ढुङ्गे पार्कको रुपमा विकास गर्नका लागि स्थानीय सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सक्दो सहयोग गर्ने प्रमुख अतिथि सुवेदीले बताउनु भयो । पुर्व-पश्चिम् महेन्द्र राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई कहिलेकाही लमहीमा समय कसरी बितित गरौं भन्ने जुन समस्या थियो तर अब उक्त समस्या नहुने र यस पार्कमा घुमेर आफ्नो समय बिताउन सकिने बताउनु भयो ।
त्यस्तै उहाँले यस पार्कको समग्र विकासका लागि विभिन्न संघ संस्थाले आ-आफ्नो स्थानबाट निस्वार्थ भावनाका साथ सहयोग गर्न सके मात्र पार्कले आफ्नो उदेश्य पूरा गर्न सक्ने बिचार व्यक्त गर्नु भएको थियो ।
संघका सदस्य लालमणि भुसालको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज पोख्रेल,लमही जेसिसका कार्यबाहक अध्यक्ष केशव शर्मा,संघका संस्थापक अध्यक्ष भिम भुसाल,पत्रकार शिवराज खनाल लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संघले प्रमुख अतिथिलाई मायाको चिनो र देउखुरी उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीलाई फुलमालाले सम्मान गरेको थियो भने कार्यक्रमको संचालन संघका कानुनी सल्लाहकार तथा पत्रकार भानु जोशीले गर्नु भएको थियो ।
