
Ggp
Lnp
lnp
Lks
Sgp
Jns
Rgp
Dus
Ggp
Rgp
Pbu
Asb
Dbs
Usb
Rgp
ksb
Rgp


दाङ । नेपालीहरुको महान् पर्व दशैँ भित्रिए सँगै दाङमा सुरक्षा व्यवस्थालाई बलियो बनाईएको छ । दाङका प्रमुख जिल्ला अधिकारी जयनारायन आचार्यले वर्तमान अवस्थामा आम नागरिक विजया दशमी र कोरोना कहरको बिचमा रहेकाले सामाजिक सुरक्षा, नागरिक जिवनको सुरक्षालाई ध्यानमा राखी सरकारको तर्फबाट चाडपर्व लक्षित विषेश सुरक्षा योजना लागु गरिएको बताए ।
चाडपर्वको समयमा कुनै पनि अपराधिक क्रियाकलाप नगरी घरमै बासी सभ्य तरिकाले मनाउनको लागी निषेधाज्ञा पनि जारी गरिएको उनले बताए । यस्तै दाङ संक्रमित जिल्लाको तुलनामा १६ औँ स्थानमा रहेकाले यसवर्षको दशैँ घुमघाम र आफन्तिजनसँग भेटसँगै आशिरवाद ग्रहण गरेर होईन्, स्वास्थ्य सजकता अपनाउदै मनाउन आग्रह गरेका छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले यसवर्ष चाडपर्व लक्षित सुरक्षा योजना अुनसार जिल्लाभर रातको समयमा ३० ठाउँमा सवारी चेकजाँच, २४ सौँ घण्टा पैदल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, दाङका मुख्य नाकामा चेकजाँचका साथै दिउँसो तथा रातको सयमा हुन सक्ने चोरी, डकैती,जुवातास, लुटपाटलाई लक्षित गरि आकस्मितक सर्च अपरेसनको समेत व्यवस्था गरिएको उनले बताए । अहिले विभिन्न २ सय ८२ युनिटमा १ हजार ९ जना प्रहरी परिचालन गरिएको छ ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ प्रमुख थम्मन जिसीले चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना न्युनिकरणका लागी आफूहरुले ट्राफिक ब्यवस्थापनमा कडाई गरेको बताए । जिल्लाको १९ स्थानमा दैनिकरुपमा चेकपोष्ट स्थापना गरेर चेक जाचसँगै ट्राफिक सचेतना अभियान पनि चलाई रहेको बताएका छन् ।
