
Ksb
jsb
Gsb
Nsb
Rsb
Ssb
Csb
Rks
Tgp
Ppu
Usb
Ssb
Ksb
Ksb
Fmb
Bsn

Ssb
Usb
Tsb
Gsb
Hl1

Rgu
Nps
ptl
दाङ । देउखुरीको राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीलाई बिदाई र नव प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाललाई बुधबार एक कार्यक्रमको बीचमा स्वागत तथा बिदाई गरिएको छ ।
राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता तथा उपाध्यक्ष धनपती देवी यादवको प्रमुख आतिथ्यतामा भएको स्वागत तथा विदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले कर्मचारी भएर राज्यको सिन्दुर लगाइ सकेपछि,राज्यले खटाएको ठाउँमा आफ्नो जिम्मेवारीलाई बहन गरेर काम,कार्यहरु गर्नु पर्ने बताउनु भएको छ ।
त्यस्तै उहाँले कर्मचारीतन्त्र भनेको एउटा मिसिनको इन्जिन तथा पुर्जा जस्तै भएको हुँदा आफुले प्रमुख प्रशासकीय अधिकृतलाई एउटा बटनको रुपमा लिएको र आउदो दिनमा आ-आफ्नो काम-कार्यमा खट्नु भएका कर्मचारीलाई सरल र सहज रुपमा एउटा मिसिन संचालन भएको जस्तै आफ्नो जिम्मेवारीका साथ परिचालन गरि समग्र राजपुर गाउँपालिका भित्रका विकास निर्माणको काम कार्यमा अघि बढाउन समेत अनुरोध गर्नु भयो ।
त्यसैगरी अध्यक्ष केसिले विभिन्न किसिमका अरु कार्यालयहरु जस्तै प्रत्येक्ष जनताको सरोकार राख्ने र सुखदुःख तथा समृद्धि संग प्रत्येक्ष गासिएको पहिलो तह भनेको गाउँपालिका स्थानीय तह रहेको हुँदा यो निकायमा सरलता पुर्वक आम नागरिकको हितमा रहेर काम गर्नु पर्ने बताउनु भएको छ ।
त्यस्तै एघार महिना छोटो समयको बसाईमा सरुवा भएर जानलाग्नु भएका प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यकालमा राज्यको निति,नियमको अधीनमा रहेर गाउँपालिका भित्रका नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न जनप्रतिनिधि संग सहकार्य एवम् समन्वय गर्दै आफ्ना सहकर्मी कर्मचारीलाई कुशल नेतृत्व गरेर यहाँको विकास निर्माणको काम कार्य संगै कोभिड उन्नाइसमा अतुलनीय भुमिका निर्भा गर्न सफल भएको बताउनु भयो ।
त्यसैगरी उहाँले नव प्रमुख प्रशासकीय अधिकृतलाई विशेष स्वागत गर्दै आगामी दिनहरुमा यहाँका नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्नको लागि राज्यको निति-नियम संगै केही ब्यबहारिक रुपमा सेवा दिनु पर्ने भएको हुँदा यसतर्फ ध्यान दिएर जनप्रतिनिधि संग सहकार्य एवम् समन्वय गर्दै आफ्ना सहकर्मी कर्मचारीलाइ विशेष नेतृत्व गरेर अघि बढ्न अनुरोध गर्नु भएको छ ।
त्यस्तै उपाध्यक्ष यादवले नव प्रमुख प्रशासकीय अधिकृत लाई स्वागत गर्दै,दाङ जिल्लाकै शान्तिनगर गाउँपालिकामा सरुवा भएर जादै गर्नु भएका अधिकृत डाँँगीलाइ सो स्थानको बसाई सुखदको कामना गर्नु भएको छ । राजपुर गाउँपालिकामा रहदा अत्यन्तै सरल स्वभावमा सम्पुर्ण जनप्रतिनिधि,कर्मचारी संग सहकार्य र समन्वय गरेर कुशल नेतृत्व पदिय दायित्व पूरा गरेको बताउनु भएको छ ।
त्यसैगरी भैरहवा मालपोत कार्यालयद्वारा राजपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएर आउनु भएका नव प्रमुख प्रशासकीय अधिकृत खनालले आफू मालपोत कार्यालयमा कार्यरत रहेपनि लामो समयको अनुभव रहेको हुँदा सरलरुपमा कर्मचारीलाई संचालन गर्न सक्ने आफुमा क्षमता रहेको बताउनु भयो ।
उहाँले आगामी दिनमा आफ्नो बुद्धि विवेकले भ्याएसम्म गाउँपालिका क्षेत्र भित्रका हरेक विकास निर्माणको काम कार्यलाई यहाँका जनप्रतिनिधि,कर्मचारी संग समन्वय गरेर काम गर्ने बताउनु भएको छ ।
त्यस्तै छोटो समयमा सरुवा भएर जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत डाँगीले राजपुर गाउँपालिकामा आफू छोटो बसाई बसेपनि यहाँको हरेक सामाजिक, साँस्कृतिक,धार्मिक,भौगोलिकलाई नजिकबाट अध्यन गरेको र यस गाउँपालिका देखि छुट्टै नयाँ अनुभव बटुल्न सफल भएको बताउनु भएको छ । उहाँले बिदाई कार्यक्रममा आफ्नो अनुभव सुनाउदै यस अघि बहुमतको पालिकामा रहेर काम गरेको र राजपुर गाउँपालिकामा आइसकेपछि मिश्रित कार्यपालिकामा रहेर काम गर्दा थप अनुभव बटुल्न सकेको बताउनु भयो ।
त्यस्तै उहाँले गाउँपालिकामा भरखर आफू आउँदा पर्याप्त कर्मचारी नभएको अवस्थामा विभिन्न फातमा आउनु भएका नयाँ कर्मचारीहरु जोसजाङर त भएको तर काम गर्न अनुभव नभएको प्रस्थितिमा आफुले काम गर्न गराउन साह्रै गाह्रो भएको बेला उतातिर कोभिड उन्नाइसले विकास निर्माणको काम रोकेर पुरै कार्यपालिकालाई चुनौती दिएको बताउनु भएको थियो । त्यसैगरी कार्यक्रममा उहाँले राजपुर गाउँपालिकालाई सधै सम्झिरहने समेत बताउनु भएको छ ।
गाउँपालिकाको परिष्ठ प्रशासन प्रमुख पृथ्वी पौडेलको स्वागत मन्तव्यबाट संचालन भएको स्वागत तथा बिदाई कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्मा,३ नम्बर वडाका अध्यक्ष रामछोरे यादव,वडा नम्बर ४ का अध्यक्ष रामेश्वर यादव,वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारी,वडा नम्बर ७ का अध्यक्ष भिम बहादुर खड्का,गाउँपालिकाका लेखा अधिकृत भरतमणी पोख्रेल,राजपुर स्वास्थ्य शाखा प्रमुख कमल रोकाय,शिक्षा शाखा अधिकृत केशव लम्साल,मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम कार्यान्वयन समितिका सदस्य भिम वलि लगायतका सम्पुर्ण जनप्रतिनिधि, कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने सो कार्यक्रमको संचालन राजपुर गाउँपालिका प्रशासन शाखा अधिकृत महेश थापाले गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रमको संचालन गर्दै प्रशासन शाखा अधिकृत थापाले आफु गाउँपालिकामा छोटो समयमा प्रमुख प्रशासकीय अधिकृत संग धेरै काम सिक्ने मौका पाएको र आफुले गुरुको सम्मान मानेको बताउनु भएको छ ।
कार्यक्रममा फुलमाला,अबिर,दोसल्ला ओढाएर मायाको चिनो एवम् सम्मान पत्र दिएर भव्य स्वागतका साथ बिदाई भएर जाने प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई बडा दशै,शुभदिपावली, छड पर्व २०७७ सालको शुभकामना आदानप्रदान गर्दै बिदाई गरिएको थियोे भने नव प्रमुख प्रशासकीय अधिकृत खनाललाई अबिर,फुलमाला, दोसल्ला ओढाएर भव्य सम्मानका साथ स्वागत गरिएको थियो ।
