
Ggp
Rgp
Sdc
Lnp
Msbus
Asbus
Ksbus
Ksbus
Ggp


दाङ । देउखुरीको राप्ती नदीकाे बिच भागको टापुमा फसेका एक पुरुषको सकुसल उद्दार गरिएको छ ।
मंगलबार साढे ५ बजेतिर लमही नगरपालिका वडा नम्बर ८ र राजपुर गाउँपालिका वडा नम्बर ३ को खरदरिया र गिधानिया भन्ने ठाउँको राप्ती नदीको बीच भागमा एउटा सानो टापुमा रहेका क्रममा बढेको नदीको बहावले फसेका राजपुर-३ खरदरिया निवासी शिव कुमार यादवलाई करिब ५ घण्टापछि रातीको १० बजे तिर सकुशल उद्धार गरिएको हो।
उक्त उद्धार कार्यमा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी,उपाध्यक्ष धनपतिदेवी यादव,ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक नवीन वली,प्रहरी चौकी बेलाका इन्चार्ज रकम खड्का,सशस्त्र प्रहरी बल ज्वालामाई नेपाल २९ नम्बर भालुबाङका स.प्र.नि.देबेन्द्र बुढाथोकी लगायतको नेतृत्वमा अर्जुन खोलाका सुरक्षाकर्मीहरु लगायत स्थानिय गाउँबासीकाे सहभागितामा सकुशल उद्धार गरिएको राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवि यादवले जानकारी दिनु भयो।
