
pku
Lnp
Unsku
Pbu
Sgr
Ggp
Rgp1
Srbpu
Rgp

Wsp
Tsm
Rsb
Ssm
Sls
Gst
Rgu
nsb
Asm
Sbs
Vor
Rgu
Rgs
Pvg
Bbu
Ksm
Bbbpu
Hal
Ggd

Bml
Pls
sab
Jmb
Syp
Ptm
Gsb
Rmb
bbt
Rpp
Jmb
Mks
Abd
सुदूरपश्चिम । सुदूरपश्चिमको बझाङमा ६ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको छ।
मंगलबार आज दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङमा विभिन्न क्षेत्रका घरहरू चर्किएको जानकारी आएको छ भने केहि विद्यालयका भवनहरु भत्किाएका छन् ।
यस अघि मंगलबार आजै दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो। पटक–पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् । भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ।
त्यस्तै बीबीसी हिन्दीका अनुसार दिल्ली एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। भूकम्पले बझाङको बाल विकास मावि जयपृथ्वी नगरपालिका वडा नम्बर ४ गोलाइको भवन भत्किएको छ। कुनै मानवीय क्षति भने भएको विवरण प्राप्त भएको छैन्।
यता भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो २ बजेर ४ मिनेटमा ५ दशमल्व ३ म्याग्निटिउडको भूकम्प केन्द्र तलकोट बझाङ हो भने ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ म्याग्निटिउडको भूकम्पको केन्द्र चैनपुर क्षेत्रमा रहेको छ ।
