
Rgp1
Pbu
pku
Sgr
Ggp
Rgp
Srbpu
Lnp
Unsku

Ggd
Hal
Sls
Rgu
Ksm
Rgu
Ssm
nsb
Tsm
Rsb
Vor
Rgs
Bbbpu
Wsp
Asm
Gst
Sbs
Bbu
Pvg

Rpp
Abd
bbt
Pls
Syp
Bml
Ptm
Gsb
Mks
Jmb
Rmb
Jmb
sab
दाङ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय (तेस्रो लिङ्गी) का अगुवा अधिकारकर्मीहरूले आफ्नो समुदायका लागि लैंगिकमैत्री नीति, कार्यक्रम तथा बजेट ल्याउन तीन वटै तहका सरकारसँग माग गरेका छन् ।
त्यस्तै उनीहरुले तेस्रो लिङ्गी माथि हुने सबैखाले विभेद अन्त्य गरी सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारको ध्यानकर्षण समेत गराएका छन् ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा आइतवार सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा मानव स्वास्थ्य समाज दाङको समन्वयमा निल हिरा समाज काठमाण्डौंले आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विषयमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी उनीहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको समस्या सम्बोधनमा तीनै तहका सरकारसँग गुनासो गरेका हुन् ।
मानव स्वास्थ्य समाज दाङका अध्यक्ष मुस्कान डिसीले आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिताको भएको बताइन् । उनले महिला, पुरुषसरह तेस्रो लिङ्गीलाई सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गर्न सरकारलाई आग्रह गरिन् । उनले आफूहरूले हरेक क्षेत्रमा अपमान र विभेद झेल्नुपरेको पीडा सुनाउँदै भनिन्, ‘समाजमा अरूले जस्तै सम्मानजनक रूपमा बाँच्न पाउनुपर्नेछ ।’सोही संस्थाकै जिल्ला परियोजना संयोजक जुनु चौधरीले तीनै तहको सरकारले लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समेट्ने गरि नीति तथा कार्यक्रम ल्याउन माग गरिन् । भने सोही संस्थाकै सदस्य कोमल ठकुरीले आफुहरु तेस्रो लिङ्गी भएकै कारण घरपरिवार, विद्यालय, सार्वजनिक ठाउँ लगायत सबै क्षेत्रमा अपमानित र विभेदको शिकार हुनुपरेको बताइन् ।
तेस्रो लिङ्गीलाई ‘हिँजडा, छक्का’ जस्ता अपमानित शब्द प्रयोग गरी भावनामा चोट पुर्याउने र विभेद गर्ने गरिएको उनको गुनासो छ । साथै तेस्रो लिङ्गी भएकै कारण आफुहरु यौन सिकार हुनु परेको गुनासो गर्दै सरकारसँग उचित गाँस बास, शिक्षा, स्वास्थ्य, रोजगारीसँगै बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न माग गरिन् ।
निल हिरा समाजका कार्यकारी निर्देशक संजय शर्माको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्रकेश सिके गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि गुप्ताले आफु चुनावमा तेस्रो लिङ्गीको साथ र सहयोगबाट जितेको स्मरण गराउँदै तेस्रो लिङ्गीहरुको समस्या आफुले नजिकबाट बुझेको हुँदा समाजमा सम्मानजनक तरिकाले बाँचन पाउने गरि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन् ।
त्यस्तै कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव राजेन्द्र थापा, अर्थ मन्त्रालयका उपसचिव प्रेम प्रसाद आचार्य, सामाजिक विकास महाशाखाकी प्रमुख शारदा बस्याल बेल्वासेले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि प्रदेश सरकार साथमा रहेकोले कार्यक्रम बनाएर ल्याए सरकारले सहयोग गर्न तयार रहेको् बताएका थिए । कार्यक्रमको सञ्चालन मानव स्वास्थ्य समाज दाङका परियोजना संयोजक जुनु चौधरीले गरेकी थिइन् ।
