
Djs
Unsku
Gfs
Lnp
Srbpu
Rgp1
Pes
Ggp
pku
Rgp
Sgr
Pbu
cjs
Ses

Pvg
Bbu
Rsb
Gst
Rgu
Bbbpu
Vor
Sbs
Sls
Ssm
Rgu
Ksm
Wsp
Ggd
Rgs
Hal
Tsm
nsb
Asm

Jmb
Rmb
Pls
Ptm
bbt
Abd
Bml
Jmb
Mks
Gsb
Syp
sab
Rpp
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर,बिजयपुर,भोजपुर,लक्षिनपुर र शान्तीपुरका पाँच गाउँका किसानहरुको झण्डै १२ सय बिघा जमीन राष्ट्रिय गौरबको आयोजना बड्कापथको सिंचाई सेवाबाट बञ्चीत रहेको गुनासो गरेका छन् ।
फियान नेपाल र स्थानीय खाद्य अधिकार सञ्जालको संयोजनमा बिहीवार गढवा ७ चन्दनपुरमा भएको एक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमी ब्यवस्था मन्त्री भण्डारीलाल यादवसंग स्थानीय किसानहरुले गुनासो ब्यक्त गरेका हुन् । सरकारले किसानहरुका समस्या सुन्दैन । किसानहरुलाई मल बिऊ समयमा उपलब्ध हुदैन ।
राष्ट्रिय गौरबको आयोजना बड्कापथको सिंचाई सर्भे बाट गढवा ७ मानपुर पश्चिमको ठूलो बस्ति छुटाईनु दुखद भएको छ । हामीलाई कसरी हुन्छ–बड्कापथ सिंचाई चाहियो–गढवा ७ चन्दनपुरका किसान चित्रबहादुर खड्काले भन्नुभयो । भोट दिएर नेताहरुलाई जिताएर हामीले पाठाउँछौ तर जितेपछि किसानका समस्या कसैले हेर्दैनन् । पाँच गाउँको १२ सय बढी बिगाह जमीन सिंचाई सेवाबाट बञ्चीत गराउन पाईन्न,हामीलाई बड्कापथको योजनामा सामेल गरिनु पर्छ–स्थानीय किसान जानकी चौधरीले भन्नुभयो ।
सिंचाईको समस्या लिएर ३ बर्ष भयो स्थानीय र प्रदेश सरकारमा धाउन थालेको तर हाम्रा मागहरु हालसम्म पनि सुनुवाई भएनन–गढवा ७ चन्दनपुरका किसान नारायण प्रसाद रिजालले गुनासो पोख्नुयो । लालपूर्जा बाकसमा छ तर जमीन बगर बनेको छ–तटबन्धन नहुँदा कक्रहवा खोलाले बर्षेनी खेतियोग्य जमिन कटान गरिरहेको छ, हाम्रो गाउँमा तटबन्धन चाहियो–स्थानीय किसान गणेशराम चौधरीले मन्त्रीसंग गुनासो गर्नुभयो ।
बड्कापथ सिंचाई तथा खाद्य अधिकार सञ्जालका अध्यक्ष उमाकान्त डाँगीको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमी ब्यवस्था मन्त्री भण्डारीलाल यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीयहरुले सिंचाईको समस्या संगै तटबन्धन, खानेपानी,मलखाद, बिउबिजन र बिजुली बत्तीको समेत समस्या भएको गुनासो राखेका हुन् ।
त्यस्तै कार्यक्रममा बोल्दै कृषि मन्त्री यादवले किसानहरुबाट आएका मागहरु संबोधन गर्न सम्बन्धित निकायहरुमा पहल गर्ने बताउनु भयो । आफ्नो समस्या र अधिकार माग्नका लागि स्थानीयहरु आफै कस्सीएमा प्रदेश सरकारको तर्फबाट पहल हुने उहाँको धारणा थियो ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष राहुलदेव चौधरी,फियान नेपाल लुम्बिनी प्रदेशका संयोजक तथा अधिकारकर्मी शुरेस गौतम, बड्कापथ सिचाई आयोजनाका उपाध्यक्ष हुमाकान्त सुवेदी, सचिव भरत कुमार अधिकारी, गढपा गाउँपालिका स्तरीय खाद्य अधिकार सञ्जालका अध्यक्ष उमाकान्त पन्त, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर, उपाध्यक्ष चित्रबहादुर खड्का, चन्दनपुर सामुदायिक वनका अध्यक्ष एम्मे बहादुर बस्नेत लगायतले बोल्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै बड्कापथ आयोजनाका उपाध्यक्ष सुवेदीले पाँच गाउँको भूमी आयोजना सर्भेको समयमा छुट हुन गएको भन्दै स्थानीयहरुलाई प्रकृया मिलाएर सिंचाई आयोजनामा समावेश गर्न पहल गर्ने बताउनुभयो । चित्रबहादुर खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण भरथरी चौधरीले गर्नुभएको थियो ।

