
Unsku
Ses
Pes
Rgp1
Sgr
Gfs
Srbpu
Djs
pku
Pbu
cjs
Ggp
Rgp
Lnp

Gst
Bbu
Sbs
Sls
Ssm
nsb
Rsb
Tsm
Asm
Bbbpu
Pvg
Rgu
Rgs
Ksm
Hal
Wsp
Vor
Ggd
Rgu

Ptm
Jmb
bbt
Pls
Syp
Abd
Jmb
Rmb
Mks
Bml
Rpp
sab
Gsb
रोल्पा । रोल्पाको थबाङमा एकैरात चार घरमा चोरी भएको छ । थबाङ गाउँपालिका वडा नम्बर १ खेरबाङ बस्ने जुरे झाक्रीको घरमा असोज २ गते राती चोरी गर्ने समुहले तोडफोड संगै सयौं माल सामान लथालिङ्ग बनाएर छोडेका छन् ।
त्यस्तै फुन्तिबाङ निवासी रत्न झाक्री मगरको घरको साङ्लो तोडफोड गरेर नयाँ -नयाँ लत्ताकपडा थर्मोमिटर लगायत पचास हजार बराबरको धनमाल लगेका छन् भने फुन्तिबाङमै जनक रोकाको घर पनि फोडेका छन् । यसैगरी सोही ठाँउका मिलन घर्ती मगरको रा ३ प१५८४ नम्बरको बाईक पनि लक खोलेर सलाप छेडासम्म लगेर छोडिएको भेटिएको छ । त्यस्तै माझखर्कको बिसन रोकाको पसल फोडेर बियर,बिस्कुत जस्ता खानेकुरा लगेको पाइएको छ ।
थबाङमा कोहि घर नभएको मौका छोपेर चोरी गरेको खुलेको छ । अझैपुरै घरको के कति चोरी भएको छ भन्ने पूरा थाहा नभएको प्रहरीको भनाई छ । त्यस्तै थबाङग गाउँपालिका वडा नम्बर ४ उवा जुत्तरमा असोज ४ गते अपरान्हको करिब ३ बजेको समयमा खाना पकाई दिनु भनेर जुत्तर निबासी सरस्वती रोका मगरको घरबाटै कानको सुन , तिलहरी गरि ३ तोला र १२ लाख रुपैयाँ समेत लुटपाट भएको जानकारी प्राप्त भएको छ ।
त्यस्तै चोरी गर्ने समुहरुसंग थबाङमा चोरी गरेका सामानहरु भेटिएको छ । त्यहीँ सामानहरुले गर्दा थबाङमा पनि ती ब्यक्तिहरु नै चोरिमा सङ्ल्गन्ता रहेको बुझिएको छ । चोरी गर्नेहरु रुकुम पुर्ब भुमे गाउँपालिका वडा नम्बर ३ मोराबाङ निबासी बिशाल सुनार वर्ष ३५ ,अमृत सुनार ( राजेश) अन्दाजी वर्ष २३/२४ र तपन सुनार वर्ष २३ का रहेको ४ नम्बर वडा अध्यक्ष हिकमत घर्ती मगरले जानकारी दिनु भयो ।
प्राप्त जानकारी अनुसार चोरी गर्ने मध्य बिशाल सुनारलाई पक्राउ गरि सकेको र अन्य दुई फरार रहेका छन् । अहिले चोरी भएको स्थानमा वडा अध्यक्ष,प्रहरी टोलि उवा,र स्थानीयहरुले खोजीकार्य गरिरहेको छ भने केहि प्रहरी टोलि खोजी कार्यको लागि उवा तर्फ गएको ईलाका प्रहरी कार्यलय थबाङका प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनु भयो ।
