
Rgp
Unsku
Djs
Sgr
Ses
Ggp
Gfs
pku
cjs
Rgp1
Pes
Lnp
Pbu
Srbpu

Rgu
Sbs
Tsm
Ksm
Hal
Bbu
Ssm
Rgs
Ggd
Bbbpu
Rgu
nsb
Asm
Vor
Rsb
Sls
Gst
Pvg
Wsp

Ptm
bbt
Pls
Mks
Abd
Syp
Jmb
Rmb
Jmb
Bml
sab
Gsb
Rpp
दाङ । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गर्नु भएको छ ।
कार्यबाहक नगर प्रमुख योगीले नदिजन्य पदार्थ उत्खनन,सडक बालबालिका उद्दार तथा व्यवस्थापन, लागू औषध ओसारपसार तथा वेचविखन नियन्त्रण, छाडा पशु चौपाया व्यवस्थापन,सडकका विचमा भएका रुखका हाँगा काटछाँट गर्ने लगायतका विषयमा छलफल गर्नु भएको हो ।
वर्षाको समयमा पनि नदिजन्य पदार्थ दोहोन भैरहेको जनगुनासो आएपछि नियन्त्रण गर्न सुरक्षानिकायलाई विषेश ध्यान दिन प्रमुख योगीले सुरक्षा निकायलाई आग्रह गर्नु भयो । त्यस्तै मानसिक सन्तुलन भएका सडक मानव तथा बालबालिकाहरुलाई उचित ठाउँमा व्यवस्थापन गर्ने, जडिबुटी निकासी करमा सुरक्षा निकायले निगरानी गर्ने र सहयोग गर्दिन आग्रह गर्नु भयो । लमही क्षेत्रमा हुने अवैध धन्धाका बारेमा पनि नगरपालिकाले चासो राखेको छ, यस्ता गलत कार्य रोक्न सुरक्षा निकायले साथ दिनु पर्छ”- योगीले भन्नु भयो ।
त्यस्तै चाडवाड नजिकिदै गर्दा गाउँघर तथा बजार क्षेत्रमा हुने चोरी तस्करी लगायतका गतिविधि हुन सक्ने भन्दै त्यस्ता कार्यलाई नियन्त्रण गर्न र निगरानी गर्न सुरक्षा निकायका प्रमुखहरुलाई आग्रह गर्नु भएको छ ।
पछिल्लो समय लमही क्षेत्र लागू औषध ओसारपसार तथा प्रयोगकर्ताको मुख्य केन्द्र बन्दै गएको भन्दै नियन्त्रण कार्यमा नगरपालिकाको सहयोग हुनु पर्ने वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताउनु भयो । छाडा पशु चौपायाका कारण सडक दुर्घटना निम्त्याएको भन्दै पशु चौपायालाई पनि व्यवस्थापन गर्न आवश्यक छ,बजारका भित्री सडकहरुमा रुखका हाँगा बढेर विद्युत प्रवाह प्रशारणमा समस्या भएको छ यो कुरामा पनि स्थानीय सरकारको चासो हुनु पर्छ”- प्रहरी निरीक्षक श्रेष्ठले भन्नु भयो ।
त्यस्तै छलफलमा सशस्त्र प्रहरी बल नम्बर ४१ रिजर्भ गण अर्जुन खोलाका डिएसपी गोविन्द बहादुर केसी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ, इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठ, लमही नगरपालिका प्रशासन शाखाका अधिकृत महेश थापा, स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्मा, विपत व्यवस्थापन शाखाकी गायत्री थापा, राजश्व शाखाकी लक्ष्मी सुवेदी लगायतसंग छलफल भएको हो ।
